कालिकोटमा भाइरल ज्वरो: गाउँभरि बिरामी, औषधि र स्वास्थ्यकर्मीको अभाव
आजको कान्तिपुरमा मुख्य खबर छः
कालिकोट - दुई सातादेखि फैलिएको भाइरल ज्वरोले कालिकोटमा महामारीको रूप लिएको छ । सदरमुकामस्थित खाडाचक्र नगरपालिकाको २ र ४ वडामा मात्रै ८ सय १४ बिरामी भेटिएका छन् ।
जिल्ला स्वास्थ्य प्रमुख डा. कौशल अलीले वडा २ मा २ सय ७० र वडा ४ मा ५ सय ४४ भाइरल ज्वरोका बिरामी भेटिएको जानकारी दिए । उनले दुवै वडामा भाइरलले महामारीको रूप लिएको जनाउँदै बिरामी पर्नेमा अधिकांश बालबालिका रहेको बताए ।
‘गाउँमा अवस्था जटिल छ,’ डा. अलीले भने, ‘केन्द्रबाट थप औषधि र स्वास्थ्यकर्मी माग गर्नुपर्ने स्थिति आएको छ ।’ भाइरलबाट ५ सय ११ बालबालिका र ६० वर्षभन्दा बढी उमेरका २३बिरामी छन् । उनले दुई बालबालिकाको भाइरलबाट मृत्यु भइसकेको पुष्टि गरे । बिरामीमा ज्वरो आउने, टाउको तथा मांसपेशी दुख्ने, खोकी लाग्ने लक्षण देखिएको छ ।
वडा ४ का अध्यक्ष धनसिंह कामीले गाउँभरि सिकिस्त बिरामीहरू रहेको बताए । उनको घरमा मात्रै चार जना बिरामी छन् । ‘बच्चादेखि वृद्धसम्म सबै बिरामी छन्,’ उनले भने, ‘औषधिको कमीले सबैको उपचार हुन सकेको छैन ।’
खाडाचक्र नगरपालिकाका दुई वडामा ३ बालबालिकासहित ५ जनाको मृत्यु भएपछि स्वास्थ्यकर्मी खटाइएको जिल्ला प्रशासनले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परीक्षाको मुखमा त्रिविका विभिन्न क्याम्पसमा तालाबन्दी
-
ट्रम्पको मुद्दा चलिरहेको अदालतबाहिर एक व्यक्तिद्वारा आत्मदाहको प्रयास
-
पिसाबमा जलन र पहेँलोपन : कसरी बच्ने ?
-
छोरी बलिउडमा आओस् भन्ने चाहँदैनन् सञ्जय
-
संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा
-
एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, यस्ता छन् छलफलका एजेन्डा