मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

असन्तुष्ट पक्षलाई पेलेरै अघि बढ्ने दाउमा देउवा

आइतबार, ०७ माघ २०७४, ०६ : ०५
आइतबार, ०७ माघ २०७४

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीभित्रका असन्तुष्ट पक्षलाई पेलेर अघि बढ्ने भएका छन् । आजको नागरिकमा यो खबर छ ।

प्रधानमन्त्री समेत रहेका सभापति देउवाले शुक्रबार सम्पन्न केन्द्रीय समिति बैठकमा पार्टीका विभिन्न गुट र उपगुटले उठाएका मागलाई बेवास्ता गर्दै अघि बढ्ने संकेत गरेका हुन् । 

बैठकमा दर्जनभन्दा बढी नेताले पार्टी संगठनलाई सुदृढ र बलियो बनाउन विधि र विधानसहित विभिन्न माग र सुझाव दिएका थिए । 

तर देउवाले उनीहरुको माग र सुझावलाई केन्द्रीय समिति बैठकमा सम्बोधन नै गरेनन् । त्यसैले देउवा असन्तुष्टको माग कार्यान्वयन नगरी अघि बढ्न लागेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप