बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रदेश नं २ को जनकपुरमा शपथ ग्रहणको तयारी पूरा

शनिबार, ०६ माघ २०७४, २१ : ०५
शनिबार, ०६ माघ २०७४

जनकपुरधाम- प्रदेश नं २ का प्रदेशसभा सदस्यको शपथग्रहण सम्पूर्ण तयारी पूरा भइसकेको छ । 

धनुषाका प्रमुख जिल्ला अधिकारी दिलीपकुमार चापागाईंका अनुसार आइतबार १० बजे जनकपुर उद्योग वाणिज्य सङ्घको राजर्षि सभागृहमा शपथ ग्रहण समारोह हुनेछ । 

शपथका लागि प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ जनकपुरधाम आइसक्नु भएको र शपथ ग्रहण समारोह स्थलमा सम्पूर्ण तयारी पूरा भइसकेको उनले जानकारी दिए  । प्रदेश नं २ मा १०७ प्रदेशसभा सदस्य रहेका छन्  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप