शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश नम्बर २ को सपथग्रहण जनकपुरमा

शनिबार, ०६ माघ २०७४, १९ : २३
शनिबार, ०६ माघ २०७४

काठमाडौँ । दुई नम्बर प्रदेश सभाको सदस्यहरुको सपथग्रहण जनकपुरस्थित उद्योग वाणिज्य संघको सभा भवनमा हुने भएको छ । 

संघको राजर्षिक जनक सभा कक्षमा सपथग्रहण गराउने तयारी गरिएको हो । आईतबार विहान ८ बजे हुने प्रदेशसभा सदस्यहरुको सपथग्रहणको लागि सभा कक्षलाई सजाउने कार्य भईरहेको छ । सभा कक्षामा सपथग्रहणको लागि चाहिने कुर्सी, मंच, लाईट र सरसफाईको कार्यलाई तीव्रता दिइएको छ । सपथग्रहणको लागि सभाकक्षलाई सजाउनको लागि करिब ६० हजार रुपैया खर्च गरिएको छ । 

जनकपुर उपमहानगरपालिकाका कर्मचारीहरुले सफाई कार्यलाई तिव्रता देखिएका छन् । 

सडक र बाटोहरुको समेत मर्मत कार्य गरिएको छ । सहरी भवन कार्यालयका प्रमुख गंगाप्रसाद यादवले प्रदेश प्रमुखलाई बस्ने व्यवस्था जनकपुर चुरोट काखरानामा मिलाइएको पनि जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप