मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

महिलाहरु थाल चम्चा बाहेर जब सडकमा निस्किए..

शनिबार, ०६ माघ २०७४, १७ : ४३
शनिबार, ०६ माघ २०७४

दाङ– प्रदेश राजधानीको माग गर्दै दाङमा विगत ५ दिन देखि आन्दोलन जारी रहेको छ । 
 आन्दोलनको पाचौं दिन आज महिलाहरु सडकमा आएका छन् । दाङ राजधानीको माग सहित सरकारको निर्णय फिर्ताको माग गदै महिलाले सडकमा आएका हुन । उनीहरुले तत्काल सरकारले निर्णय सच्याउनुपर्ने, नेताहरु पनि सडकमा आउनुपर्ने माग गदै तुलसीपुर बजारमा प्रर्दशन गरेका छन् । 
महिलाहरु हात हातमा थाल, डाडु , चम्चा र भाडाँ लिएर सडकमा निस्किएका थिए । 
 उनीहरुले ¥यालीमा भाडाँहरु बजाउदै विरोध जनाएको छन् । सरकारले प्रदेश नं ५को अस्थायी मुकमा दाङ नतोकेको भन्दै निर्णय फिर्ता नहुन्जेल आफुहरुको आन्दोलन जारीरहने बताएका छन् । सयौं संख्यामा भाडाँ बजाउदै सडक  तताएका महिलाहरुले आन्दोलनलाई थप शसक्त गराउदै लैजाने महिला अधिकारकर्मी सुष्मा गिरीले बताइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप