शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

त्रिविका क्याम्पसमा स्मार्ट बोर्ड र निःशुल्क वाइफाइ

शनिबार, ०६ माघ २०७४, १५ : ५५
शनिबार, ०६ माघ २०७४

– प्रकाश सिलवाल 
 

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले सबै आंगिक क्याम्पसलाई सूचना प्रविधिमैत्री बनाउन स्मार्ट बोर्ड र निःशुल्क वाइफाइको प्रबन्ध शुरु गरेको छ । 

विश्वविद्यालयले स्मार्ट बोर्ड खरिदका लागि प्रतिक्याम्पस रु एक लाखका दरले रकम व्यवस्था गरेको छ भने कीर्तिपुरस्थित त्रिवि केन्द्रीय कार्यालय, केन्द्रीय विभाग र क्याम्पसमा निःशुल्क वाइफाइ एवं विद्युतीय शासन (इ गभर्नेन्स)का लागि कूल रु १० करोड विनियोजन गरेको छ । 

विगतमा कालोपाटीमा शिक्षकले लेख्दै मेट्दै गर्दा विद्यार्थीले टिप्न नभ्याउने र मेटिइसकेपछि फेरि बुझाउनुपर्ने हुन्थ्यो भने स्मार्ट बोर्ड पहिला लेखिएमा सामग्री पछि दोहो¥याएर विद्यार्थीलाई देखाउन सकिन्छ । 

त्रिविले चालु आवमा स्मार्ट बोर्ड खरिदका लागि क्याम्पसले रकम माग्ने क्रम शुरु भएको योजना महाशाखाका प्रमुख प्रा डा ऋदिशकुमार पोखरेलले जानकारी दिए । हाल त्रिविमा ६० आंगिक र १०८५ सम्बन्धन प्राप्त क्याम्पस छन् । सो बारेमा गत पुस २८ मा प्रदेश नं ७ को धनगढीमा भएको क्याम्पस प्रमुखको भेलामा अभिमुखीकरण गरिएको र अन्य प्रदेशमा पनि क्रमशः भेला हुने प्रमुख प्रा डा पोखरेलले बताए । तर यसवारे उपत्यकाकै कतिपय क्याम्पसले जानकारी पाउन नसकेको जनाएको छ । 

उनले नियमित अध्ययन गर्न समय नपाउने विद्यार्थीका लागि विश्वमा प्रचलित खुला र दूर सिकाइ (ओडिएल) कक्षा सञ्चालन गरिएको पनि बताए । यस्तै विद्यार्थीलाई एसएमएसबाट मार्कसिट हेर्न मिल्ने तथा अनलाइनमार्फत फारम भर्ने व्यवस्था गरिएको प्रमुख डा पोखरेलले बताए । 

त्रिविले कीर्तिपुरस्थित आफ्ना निकाय र देशभरिका आंगिक क्याम्पसमा प्रविधिको सहज पहुँच गराउन नेपाल टेलिकमसँग २०७३ पुस २२ मा सम्झौता गरेको थियो । 

रजिष्ट्रार डिल्लीराम उप्रेतीले गत साउन २९ मा सम्पन्न त्रिविसभामा प्रस्तुत र पारित आव २०७४÷२०७५ को कार्यक्रम तथा बजेटमा शिक्षण क्रियाकलापमा प्रविधिको प्रयोगको विस्तार र उपत्यका बाहिर सेमेष्टर प्रणालीलाई क्रमशः लागू गर्ने विषयलाई प्राथमिकता दिइएको छ । 

पाटन संयुक्त क्याम्पसका प्रमुख डा माधव गौतमले स्मार्ट बोर्ड ल्याउने तयारीमा आफूहरु रहेको बताउँदै त्यसका लागि बजेट बढाउनुपर्नेमा जोड दिए । “विश्वस्तरको शिक्षाका लागि सूचना प्रविधिको उच्चतम प्रयोग गर्नैपर्छ, हामी पुस्तकाललाई पनि विद्युतीय बनाउने प्रक्रियामा छौँ,” उनले भने। 

ठमेलस्थित सरस्वती क्याम्पसका प्रा रामहरि लम्सालले प्रविधिमैत्री भएर पढाउँदा विद्यार्थी र शिक्षकबीचको अन्तक्र्रिया थप प्रभावकारी हुने बताए । सो क्याम्पसले हाल फ्लेक्स बोर्डमार्फत शिक्षण क्रियाकलाप गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप