शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारविरुद्ध खनिए नेम्वाङ, संविधानको अपव्याख्या गर्दै सत्ता लम्ब्याउन खोजेको आरोप

शनिबार, ०६ माघ २०७४, १५ : १०
शनिबार, ०६ माघ २०७४

काठमाडौं–नेकपा एमालेका नेता एवम् पूर्व सभामुख सुवाष नेम्वाङले सरकार आफै संविधानको अपव्याख्या गर्न लागि परेको गम्भीर आरोप लगाएका छन् । 

एमाले नेता नेम्वाङले संविधानको अपव्याख्या गर्दै सरकार आफ्नो आयू लम्ब्याउन लागि परेको भन्दै आपत्ति समेत जनाए । 
 अनेरास्ववियूले शनिवार काठमाडौंमा आयोजना गरेको ‘सत्ता हस्तान्तरणको गतिरोध’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले जनादेशलाई तार्किक निष्कर्षमा पु¥याउने दायित्व पूरा नगरेको भन्दै निर्वाचन आयोगप्रति पनि असन्तुष्टि व्यक्त गरे । 
 नेता नेम्वाङले निर्वाचन आयोगले नतिजा सार्वजनिक गर्न नसक्दा प्रतिनिधिसभाका सांसदहरुले औपचारिकता पाउन नसकेको गुनासो पनि गरे । 

नेता नेम्वाङले संविधानलाई देखाएर आफ्नो कमजोरी ढाकछोप गर्ने काम नगर्न पनि सत्तारुढ नेपाली काँग्रेसलाई चेतावनी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप