शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कम्बल बोकेर तराइ पुग्यो वाइसिएल

शनिबार, ०६ माघ २०७४, १३ : ३९
शनिबार, ०६ माघ २०७४

काठमाडौं–वाइसिएल नेपालको केन्द्रिय टिम कम्बल लिएर शितलहर प्रभावित तराइ पुगेको छ । वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाको नेतृत्वमा तराइ पुगेको वाइसिएलले महोत्तरीको भगाहा नगरपालिका सिद्दपुरको दलित तथा मुसहर बस्तिका २०० परिवारलाइ न्यानो वितरण गरी न्यानो वितरण अभियान सुरू गरेको हो ।
शनिवार विहान सिद्दपुरमा न्यानो वितरण गरेको वाइसिएलले दिउसो धनुषाको धनुषाधाम नगरपालिका ६, ८, ९ मा न्यानो वितरण गर्ने कुरा वाइसिएलका महासचिव सुबोधराज शेर्पालीले बताएका छन् ।

न्यानो वितरण गर्दै वाइसिएलका अध्यक्ष दीपशिखाले भनेका छन्–हामी दुख बाँड्न आएका हौं, हामीले ल्याएको न्यानोले तराइ न्यानो त नहोला तर मन न्यानो हुन्छ । 
महोत्तरी, घनुषा हुँदै रौतहट र पर्सामा वाइसिएलको न्यानो वितरण कार्यक्रम रहेको बताइएको छ । साथै ५० हेक्कड जÞमीन मिच्न खोजिएको पर्साको विरगंजमा समेत वाइसिएल पुग्ने शेर्पालीले बताएका छन् ।
वाइसिएले यसअघि तराईमा बाढी जाँदा पनि राहत साम्रागी वितरण गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप