बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय सभा निर्वाचन सम्पन्न भएलगत्तै नयाँ सरकार : खनाल

शनिबार, ०६ माघ २०७४, १२ : ४७
शनिबार, ०६ माघ २०७४

काठमाडौं–नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय सभा निर्वाचन सम्पन्न भएलगत्तै मुलुकमा नयाँ सरकार बन्ने बताएका छन् । 

वरिष्ठ नेता खनालले बामपन्थी गठबन्धनको नेतत्वमा नयाँ सरकार बन्ने र त्यसले मुलुकको विकास, निर्माणको कामलाई तीव्रता दिने दावी समेत गरे । 
 शनिवार काठमाडौं क्षेत्र नम्बर ८ का सांसदहरुलाई शुभकामना दिन आयोजित कार्यक्रममा बोल्दै उनले प्रदेश नम्बर २ मा पनि बामगठबन्धनकै नेतृत्वमा सरकार बनाउन पहल भईरहेको खुलासा गरे । 
वरिष्ठ नेता खनालले जनतालाई न्याय हुने गरी विकास, निर्माणको कामलाई अघि बढाउन सबै स्थानीय तहलाई पनि सचेत गराए । उनले  स्थानीय सरकारले विकास, निर्माणको कामलाई अघि बढाउन  आवश्यक योजना तय गरिसकेकाले अव त्यसलाई प्रभावकारी रुपमा कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए । 
वरिष्ठ नेता खनालले मुलुकलाई समृद्ध बनाउन सबै पक्षले जोड दिनुपर्ने आवश्यक्ता पनि औंल्याए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप