शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली सीमा अतिक्रमणप्रति तरुण दलको ध्यानाकर्षण

शनिबार, ०६ माघ २०७४, १२ : १३
शनिबार, ०६ माघ २०७४

काठमाडौँ- नेपाली सीमा र अस्मितामाथि भारतीय पक्षबाट गम्भीर चोट पु¥याउने घटना भइरहेकोप्रति नेपाल तरुण दलले ध्यानाकर्षण भएको जनाएको छ । 

दलका महामन्त्री भूपेन्द्रजंग शाहीले आज जारी गरेको विज्ञप्तिमा उक्त कदमलाई तत्काल रोक्न माग गरिएकाे छ  । 

“नेपाली सीमा अतिक्रमण भएको घटनाले हामीलाई दुःखी र आक्रोशित बनाएको छ, पर्सा, रौतहट, कञ्चनपुरलगायत जिल्लाको नेपाली भूमि मिचेर जंगे पिलर सारिएको घटनाप्रति हामी गम्भीर आपत्ति प्रकट गर्दछाँै”– विज्ञप्तिमा भनिएको छ । 

घटनाको सत्यतथ्य पत्ता लगाई बारम्बार हुने सीमा अतिक्रमणको दीर्घकालीन समाधानको लागि उचित पहलकदमी लिन दलले सरकारसँग जोडदार माग गरेको छ । 

अतिक्रमण बन्द नभए भूमि रक्षाको लागि जुनसुकै कदम चाल्न दल बाध्य हुने भनी सम्बन्धित पक्षलाई सचेत गराइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप