यसकारण नि:सन्तान भइन्छ
डा. भोला रिजाल, प्रसूति तथा स्त्रीरोग विशेषज्ञ
सन्तानको चाहना हरेक विवाहित दम्पतीमा हुन्छ । कतिपयले चाहँदाचाहँदै पनि सन्तान जन्माउन सक्दैनन् । नेपाललगायत विकासोन्मुख मुलुकहरूमा १५ प्रतिशत दम्पती अझै पनि बाँझोपनको समस्या झेलिरहेका छन् । नेपालमा एक सय महिलामध्ये १५ जनाले सन्तान जन्माउन सकेका छैनन् । महिलामा प्रजनन क्षमता हुँदाहुँदै पनि सन्तान उत्पादन गर्न नसक्नु नै निःसन्तान हो । कतिपय दम्पती उपचारबाट पनि बच्चा जन्माउन सक्छन् । खासगरी स्वास्थ्य सेवाबाट वञ्चित दुर्गम भेगका दम्पतीहरूले निःसन्तान हुनुको पीडा भोगिरहेका छन् । निःसन्तान हुनुमा महिला र पुरुष उत्तिकै जिम्मेवार भए पनि महिला यसको भागीदार हुनुपरेको छ । तर, निःसन्तान हुनुमा महिला र पुरुष दुवै उत्तिकै भागीदार छन् ।
महिलामा निःसन्तान
महिलाको पाठेघर र डिम्बाशयमा खराबी देखा पर्यो भने बच्चा जन्माउन सक्दैनन् । उपचारपछि कतिपय महिला बच्चा जन्माउन सक्छन् ।
महिलामा कुनै जन्मजात वंशाणुगत रोग लागेको छ भने पनि बच्चा जन्माउन सक्दैनन् । यौनसम्पर्कको समयमा डिम्ब ननिस्किने रोग छ भने बच्चा जन्माउन असमर्थ हुन्छन् ।
शारीरिक विकास पूर्ण रूपमा नभएका महिलामा पनि निःसन्तानको समस्या हुन सक्छ । पुरुषभन्दा महिलाको शरीर धेरै स्ट्रोङ छ भने पनि यस्तो समस्या देखा पर्न सक्छ ।
पाठेघरको विकास भएर डिम्ब निस्कने नलीमा खराबी हुनु वा विकास नहुनु अथवा योनिमार्गदेखि डिम्बवाहिनी नलीसम्म खराबी भए पनि महिला निःसन्तान हुन सक्छन् ।
खानपिनको कमी हुनुका साथै पौष्टिक आहारको कमी भयो भने महिलाको प्रजनन क्षमतामा ह्रास आउँदै जान्छ र निःसन्तानको समस्या देखिन्छ ।
सानै उमेरमा यौनशोषणको सिकार भएका महिलामा पनि बच्चा जन्माउने क्षमता ह्रास हुन्छ ।
विभिन्न यौन रोग अथवा पाठेघरमा टिबी भए पनि महिला बच्चा जन्माउन असमर्थ हुन सक्छन् ।
नयाँ पत्रिकाबाट