बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्याकिङ खाद्यान्न कसरी छान्ने ?

शनिबार, ०६ माघ २०७४, ११ : १५
शनिबार, ०६ माघ २०७४

भान्साका लागि आवश्यक खाद्यान्न किन्दा विशेष ध्यान दिनुपर्छ । आकर्षक प्याकेटमा राखिएको देख्दैमा या मूल्य महँगो पर्दैमा खाद्य सामग्री गुणस्तरीय नहुन सक्छ । हरियो साग/तरकारी त सरसर्ती हेर्दा या छाम्दा पनि ताजा भए/नभएको थाहा पाउन सकिन्छ । तर, प्याकिङ गरिएका खाद्यान्न किन्दा झुक्किने ठाउँ धेरै रहन्छ । त्यसैले केही महत्वपूर्ण कुरामा ध्यान दिनुपर्छ :

मदन चापागाईं
खाद्य प्राविधिक

१. प्याकिङ गरिएको खाद्य सामग्री खरिद गर्दा सबैभन्दा पहिले लेभल लागे/नलागेको ख्याल गर्नुपर्छ । लेबलमा उत्पादक कम्पनी, उत्पादन मिति, उपभोग गरिसक्नुपर्ने मिति, मूल्यलगायत विवरण लेखिएको हुन्छ । यी सबै कुरा बुझ्ने भाषामा लेखिएको हुनुपर्छ । प्याकेटमा लेबल छैन या आवश्यक जानकारी बुझ्ने गरी खुलाइएको छैन भने खरिद नगर्नुहोस् । यस्ता खाद्य सामग्रीको जिम्मेवार कोही हुँदैन, गलत तरिकाले बिक्री वितरण भइरहेको हुन्छ । अखाद्य पदार्थ मिसाइएको हुन सक्छ । खाँदा स्वास्थ्यमा असर गर्न सक्छ ।

२. गुणस्तर विभागबाट अनुज्ञापत्र नलिई उत्पादन तथा बिक्री गरिएका खाद्य सामग्रीको गुणस्तरमा शंका गर्ने ठाउँ धेरै हुन्छ । सानो लगानीमा घरमै उत्पादन गरिन्छ र कम गुणस्तरका सामग्री प्रयोग भएका हुन सक्छन् । अनुसन्धानमा पनि यस्ता धेरै भेटिएका छन् । खासगरी मसला, चिप्सलगायतमा यो समस्या हुन्छ । त्यसैले यस्ता खाद्यान्नमा लेबल हेर्नुपर्ने आवश्यकता बढी हुन्छ । प्याकिङ गरिएका हरेक खाद्य सामग्रीमा के–के सम्मिश्रण गरिएको छ भन्ने पूर्ण जानकारी दिइएको हुनैपर्छ । विदेशी कम्पनीले पनि नेपाली र अंग्रेजी भाषामा बुझ्ने गरी खुलाउनुपर्छ ।

३. प्याकिङ गरिएको खाद्य सामग्रीमा र्‍यापरको गुणस्तर पनि हेर्नुपर्छ । मेटालिक र्‍यापरमा प्याकिङ गरिएको खाद्य सामग्री राम्रो हुन्छ । विशेषगरी चाउचाउ, चिप्स, चामललगायतका सुक्खा खाद्यमा यस्तो प्याकिङ राम्रो हुन्छ ।

४. जुस, माछा, मासु, दूधलगायत खाद्य सामग्रीको प्याकिङमा भने विशेष ख्याल राख्नुपर्छ । यस्ता सामग्रीको प्याकिङ राम्रो भए पनि सामान फुलेको छ भने किन्नु हुँदैन । दूध, फलफूल, जुसलगायत सामग्रीमा उपभोग मिति धेरै छ भनेर मात्रै ढुक्क हुन सकिँदैन । प्याकिङ कत्तिको गुणस्तरीय छ भन्नेमा चनाखो हुनुपर्छ ।

नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप