बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

मिक्स्चर किन्दा यी कुरामा ध्यान दिनुहोला

शनिबार, ०६ माघ २०७४, १० : ५२
शनिबार, ०६ माघ २०७४

बाबाराजा श्रेष्ठ इस्ट अफ काठमाडौं इलेक्ट्रोनिक्स

मसला पिस्ने उपकरण मिक्चर अर्थात् ग्राइन्डर आजकल भान्सामा अनिवार्य बनेको छ । मिक्स्चरको सहयोगले छिटो र सरल तरिकाले सम्पूर्ण मसला पिस्न सकिन्छ । बजारमा विभिन्न मोडेल र ब्रान्डका मिक्स्चर पाइन्छन् । तर, मिक्स्चर किन्दा केमा ध्यान दिने ?

० आफ्नो परिवारसंख्या र किचेनमा प्रयोग गर्ने क्षमताअनुसार मिक्स्चर खरिद गर्नुपर्छ । बजारमा सामान्यतया तीन सय वाटदेखि एक हजार एक सय वाट क्षमतासम्मका मिक्स्चर किन्न पाइन्छन् । सामान्यतया घरायसी प्रयोगका लागि पाँच सय ५० वाटको मिक्स्चर उपयुक्त हुन्छ । यस्तो मिक्स्चरमा सबै प्रकारका मसला मसिनो बनाउन सकिन्छ ।

० मिक्स्चर छनोट गर्दा त्यसमा प्रयोग गरिएको मोटरको तारमा तामा या आल्मुनियम के प्रयोग भएको छ, हेर्नुपर्छ । आल्मुनियमभन्दा तामाको तार प्रयोग गरिएको मोटर राम्रो हुन्छ ।
० मिक्स्चरको जग पनि बजारमा प्लास्टिक र स्टिलका पाइन्छन् । सकेसम्म प्लास्टिकभन्दा स्टिलको जग भएको मिक्स्चर खरिद गर्नु राम्रो हुन्छ । स्टिलको जग भएकोमा पनि बाक्लो पाता भएको छनोट गर्नुपर्छ । प्लास्टिकको जग चाँडै फुट्ने सम्भावना हुन्छ । यस्तो जग फुटे अर्को परिवर्तन गर्न पनि पाइँदैन । तर, स्टिलको जग परिवर्तन गर्न पनि सकिन्छ ।

 

० मिक्स्चर प्रयोग गर्दा ध्यान दिनुपर्छ । थोरैथोरै मसला राखेर पिस्ने गर्नुपर्छ । एकैपटक धेरै मसला राख्दा लोड बढी भएर बिग्रने सम्भावना हुन्छ ।
० मिक्स्चरमा चामल मसिनो बनाउनुपरे सुक्खा नै उपयुक्त हुन्छ । पानी हालेर पिस्दा मोटर बिग्रने सम्भावना हुन्छ ।

० मिक्स्चर प्रयोग गरिसकेपछि राम्रोसँग सफा गरेर सुकाउनुपर्छ । त्यतिकै राख्दा मिक्स्चरको ब्लेड जाम भएर बिग्रन सक्छ ।

० मिक्स्चर प्रयोग गर्दा जार र मिक्स्चरको मोटरमा भएको लक मिलाउनुपर्छ ।
० निरन्तर लामो समय मिक्स्चर चलाइराखे मोटर तातेर बिग्रने सम्भावना हुन्छ । त्यसैले प्रत्येक पाँच मिनेटमा केही समय मिक्स्चरलाई आराम दिनु राम्रो हुन्छ ।
० मिक्स्चरमा सबैभन्दा महत्वपूर्ण काम ब्लेडले नै गर्छ । त्यसको टिकाउपनका लागि वेलावेलामा ब्लेडको धार सफा गर्नुपर्छ ।

नयाँ पत्रिकाबाट

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप