बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ओखलढुंगाको पुननिर्माण कछुवा गतिमा ,३४ महिनामा १४ प्रतिशत मात्रै घर निर्माण

शनिबार, ०६ माघ २०७४, १० : ३०
शनिबार, ०६ माघ २०७४

ओखलढुंगा–ओखलढुंगामा भुकम्पपछिको पुननिर्माण कछुवा गतिमा अघि बढिरहेको छ ।  भूकम्प गएको तीन वर्ष बित्न लाग्दासमेत जिल्लामा १४ प्रतिशतले मात्र घर निमार्ण सम्पन्न गरेका छन् । 
निजी आवास पुनर्निर्माण नहुँदा भूकम्प प्रभावित खुला आकाशमुनी बस्न बाध्य भएका छन् । प्राधिकरणबाट खटिएका प्राविधिक गाउँमा नबसेका कारण निजी आवास निर्माणमा समस्या भएको प्रभावितले बताउने गरेका छन् ।
 पहिलो किस्ताको अनुदान सम्झौतामा ओखलढुुंगा उत्कृष्ट जिल्ला मानिन्थ्यो । तर त्यस यता पुननिमार्णका गतिविधि भने सुस्त जस्तै देखिएको छ । भूकम्प पीडित राहतको पर्खाईमा रहेका छन् । पहिलो किस्ता लिएर ऋण काँडी घर बनाउन थालेका उनिहरु दोस्रो र तेस्रो किस्ताको पर्खाइमा रहेका छन् ।
 भूकम्पछि पहिचान भएका लाभग्राहीको संख्या २० हजार १ सय ६५ रहेको भए पनि १८ हजार ७ सय ८१ घरले मात्रै अनुदान सम्झौता गरेका थिए । सम्झौता भएकामध्ये १८ हजार ९ सय ४९ ले पहिलो, ८ हजार २ सय २४ घरले दोस्रो र २ हजार ८ सय ४३ घर भुकम्प प्रभावितले तेस्रो किस्ता वापतको रकम लिइसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुख युवराज खरेलले बताए ।
भूकम्पमा परेर क्षति भएका घरहरु लाभग्राहीको सूचिमा नपरेको भन्दै गुनासो पनि उत्तिकै संख्यामा परेको छ । केन्द्रिय गुनासो सुनुवाई समितिमा मात्रै ६ हजार ४ सय ३७ गुनासो दर्ता भएका छन् । ति मध्ये ५ हजार ६ सय ४५ गुनासाको सम्बोधन भई सर्वेक्षण गरिएको प्राधिकरणले जनाएको छ । त्यस्तै स्थानिय तह पुनसंरचना भैसकेपछि मात्रै ८ हजार बढि नयाँ गुनासो दर्ता भएको छ । यता लाभग्राहीको सुचिमा परेर पनि पहिलो किस्ता नै नपाउने लाभग्राहीको संख्या पनि उत्तिकै रहेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समितिका अनुसार ओखलढुंगामा ७० भन्दा बढिले पहिलो किस्ता बापतको रकम नै पाउन सकेका छैनन् ।
 उनिहरुलाई पहिलो किस्ता बाढ्ने क्रममा कम्प्युटर अपडेमा फरक परेको र ब्यक्ति समेत फरक परेकाले समस्या भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुख खरेलले बताए । अहिले त्यस्ता समस्या भएकाहरुलाई रकम बितरणका लागी प्रकृया अगाडी बढिरहेको खरेलले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप