शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्य संस्थामा प्रसूति गराए पाँच हजार भत्ता

शनिबार, ०६ माघ २०७४, १० : ०८
शनिबार, ०६ माघ २०७४

सोलुखुम्बु - मान्यताप्राप्त स्वास्थ्य संस्थामा प्रसूति गराएवापत गाउँपालिकाले थप प्रोत्साहन भत्ता दिने भएको छ । थुलुङ दूधकोशी गाउँपालिकाले स्वास्थ्य संस्थामा गएर प्रसूति गराउने आमालाई प्रोत्साहनस्वरुप पाँच हजार दिने भएको हो । 

गाउँपालिकाको प्रथम गाउँसभाले सो निर्णय गरेसँगै शुक्रबारदेखि औपचारिक रुपमा लागू भएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए । गाउँपालिका– ३ पञ्चनबाट सो सेवा शुरु गरिएको छ । 

गर्भवती र नवजात शिशुको जीवनरक्षा गर्नु स्थानीय तहको पनि जिम्मेवारी रहने भएकाले घरैमा प्रसूति गराउने प्रथा अन्त्य गर्न गाउँपालिकाले सो काम शुरु गरेको उनको भनाइ छ । 

साविक सात गाविस मिलाएर बनाइएको सो गाउँपालिकामा नौ वटा वडा तथा १९ हजार ६७२ जनसंख्या छ । भौगोलिक विकटता रहेको सो गाउँपालिकाका वडा नं ४, ५ र ९ मा सडक सञ्जाल जोडिएको भए पनि जीप सेवासमेत सञ्चालन हुन सकेको छैन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप