शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

छत्रदेवमा कृषिवन शिक्षालय सञ्चालनः एग्रिकल्चरको स्नातक तहको कक्षा प्रारम्भ

शनिबार, ०६ माघ २०७४, ०९ : ४२
शनिबार, ०६ माघ २०७४

अर्घाखाँची - छत्रदेव गाउँपालिका वडा नं ४ स्थित मथुराडाँडामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) को सम्बन्धनमा एग्रोफरेष्ट्री पोलिटेक्निक इन्स्टिच्युट नामक शिक्षालय सञ्चालनमा आएको छ । 

विसं २०७४ कात्तिकदेखि नियमित कक्षा सञ्चालन भएको उक्त शिक्षालयमा ४० विद्यार्थी अध्ययनरत छन् । 

शिक्षा मन्त्रालय र सिटिइभिटीको लगानीमा भवन निर्माण भएको छ । छात्रावास तथा प्रशासनिक भवन निर्माणाधीन अवस्थामा छन् ।
 
बिहान ६ देखि अपराह्न २ बजेसम्म एग्रिकल्चरको स्नातक तहको कक्षा प्रारम्भ भएको शिक्षालयका प्रअ टीकाराम तिमिल्सेनाले बताए । 

लुम्बिनी अञ्चलमा कृषि तथा वन विज्ञान विषयको प्राविधिक शिक्षाको आवश्यकता खड्किरहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप