शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दुवै आँखा दान गर्ने यादवको घोषणा

शनिबार, ०६ माघ २०७४, ०९ : ३४
शनिबार, ०६ माघ २०७४

लहान - मधेश आन्दोलनका अगुवा कृष्णबहादुर यादवले शुक्रबार ११औँ ‘बलिदानी दिवस’का अवसरमा नेत्रदानको घोषणा गरेका छन् । 

लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालमा सम्झौता गरी यादवले मरणोपरान्त दुवै आँखा दान गर्ने घोषणा गरेका हुन् ।

विसं २०६३ माघ २ गते अन्तरिम संविधानको विरोधमा शुरु भएको आन्दोलनका क्रममा लहानमा रमेश महतोको मृत्यु भएको माघ ५को दिनलाई मधेशवादी दलले बलिदानी दिवसका रुपमा मनाउँदै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप