शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ठाकुरको बुझिनसक्नुको सम्धी-सम्धिनी मोह

शनिबार, ०६ माघ २०७४, ०६ : ४१
शनिबार, ०६ माघ २०७४

'मरे तो मुक्ति जिए त मधेस' यो भनाइ राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको हो ।

राजधानीको बिजुलीबजारदेखि बबरमहलका कार्यालयका भित्तामा मात्रै होइन, मधेसका अधिकांश पार्टी कार्यालयमा यो नारा पोतिएको छ ।

मधेस आन्दोलन र निर्वाचनअघि उनी यो भनाइमा प्रभावित रहेर मधेसी जनताका पक्षमा लड्दै आए पनि राज्यको सेवा सुविधा लिने मामिलामा भने परिवारबाहिर नजानेमा उनै ठाकुर अब्बल देखिएका छन् ।

अध्यक्ष ठाकुरले सम्धी-सम्धिनीप्रति राखेको मोह भने बुझिनसक्नु रहेको राजपाका नेताहरु बताउँछन् । जतिपटक अवसर आउँछ, उनले आफ्नो कोटाबाट उतिपटक सम्धी सम्धिनीलाई अवसर दिन छुटाएका छैनन् ।

उनको कोटाबाट अहिलेसम्म राज्यका उपल्ला निकायमा सहिद परिवारजनले अवसर पाएका छैनन् । आजको नागरिक दैनिकमा यो खबर छापिएको छ ।

यसपटक पनि अध्यक्ष ठकाुरले प्रदेश ५ को प्रमुखमा सम्धी उमाकान्त झालाई नियुक्त दिलाउन सफल भएका छन् । 

उनकी सम्धिनी इन्द्रा झा राजपाबाट समानुपातिकतर्फको सूचीको तेस्रो नम्बरमा छिन् । क्रमसंख्याको आधारमा चयन गर्ने हो भने इन्द्रा झा राजपाबाट संसदमा जाने सुनिश्चित छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप