शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मेलम्चीको खर्चमा मन्त्रीको स्पेन घुमघाम

शनिबार, ०६ माघ २०७४, ०६ : २२
शनिबार, ०६ माघ २०७४

काठमाडौं - मेलम्ची खानेपानी आयोजनाको खर्चमा खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र यादव विदेश भ्रमण जान लागेका छन् ।

कुनै विशेष कार्यक्रम नभए पनि पदावधि सकिनलागेका बेला उनी आयोजनाको खर्चमा अर्को साता स्पेन जान लागेका हुन् ।

मन्त्री यादवको एक साता विदेश भ्रमण प्रस्ताव मन्त्रिपरिषद बैठकले स्वीकृत गरिसकेको छ । आजको नागरिक दैनिकमा खबर छ ।

भिआइपीको विदेश भ्रमण सम्बन्धित देशका निकायको निम्तोमा हुने भए पनि मन्त्री यादवको भ्रमण सरकारी नभई व्यक्तिगत हुनेछ ।

मन्त्रालयका एकक सचिवले भने, 

-मन्त्री नै विदेश जानुपर्ने कुनै औपचारिक कार्यक्रम छैन । 

-कार्यक्रम नै नभए पनि घुमफिरका लागि मेलम्ची आयोजनाको खर्चमा उहाँ घुम्न जान लाग्नुभएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप