शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

महासमिति बैठक बोलाउन शेखर कोइरालाको माग, संसदीय समितिबाट राजीनामाको घोषणा

शुक्रबार, ०५ माघ २०७४, २३ : १३
शुक्रबार, ०५ माघ २०७४

काठमाडौं– कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले आगामी फागुन पहिलो साता पार्टी महासमिति बैठक बोलाउन माग गरेका छन् । 
शुक्रबार पार्टी केन्द्रीय कार्यसमिति बैठकमा आफ्नो धारणा राख्दै उनले चुनावमा पार्टीले भोग्नु परेको पराजयका बारेमा समिक्षा गर्न फागुन पहिलो साता महासमितिको बैठक बोलाइनुपर्ने माग गरेका हुन् । 
‘कसैलाई दोष नदिई पार्टीले निर्वाचनमा किन पराजय भोग्नपर्यो ? यसको समिक्षा गर्न जरूरी छ। यसका लागि फागूनको पहिलो सातानै महासमितिको बैठक बोलाइनुपर्छ’, बैठकमा धारणा राख्ने क्रममा कोइरालाले भने । 
पार्टीभित्रका युवाहरूले चलाएको अभियानका बारेमा नेतृत्व पंतिबाटै नकारात्मक टिकाटिप्पणीहरू भएको प्रति असन्तुष्टि जनाउँदै उनले बेलैमा केन्द्रीय समिति बैठक नबोलाइदा यस्तो अवस्था निम्तिएको तर्क गरे । 
‘समयमै केन्द्रिय समिति बैठक बसेको भए त्यहीं उहाँहरूले आफ्ना कूराहरू राख्नूहून्थ्यो।यसमा अन्यथा लिनूपर्ने थिएन र छैन’, कोइरालाले भने । 

काँग्रेसले निर्वाचन हारेकै हो भन्दै कोइरालाले सिट कम आएपनि पपूलर भोट आएको छ भनेर चित्त बुझाएर बस्ने बेला नभएको बताए । 
पार्टी निर्वाचन लडेको जस्तो नभई  ब्यक्ति लडेको जस्तो मात्रै देखिएको तर्क गर्दै उनले भने, ‘ म पनि निर्वाचन हारेको ब्यक्ति हूँ। मलाई कसैले हराएको हैन, म आफैं हारेको हूँ। तर आफू हारेनि दुबै प्रदेश जिताउने म मात्रै एक्लो प्रतिनिधीसभा उम्मेदवार हूँ।’
निर्वाचन पछाडी देशभरका नेता र कार्यकर्तामा निरासा छाएको भन्दै उनले  तिनको मनोबल उच्च बनाउन नेतृत्व गम्भीर भएर  लाग्नुपर्नेमा  समेत उनले जोड दिए । 
सुजाता कोइराला बाहेक कसैलाई पनि समानूपातिकमा नदोहोर्याउने सहमती बालूवाटारमै भएको स्मरण गर्दै उनले तर  पछि २ देखि ३ पटक सम्म एकै ब्यक्तीलाई समानूपातिकको उम्मेदवार बनाइएको आरोप लगाए । 
सभापति शेरबहादुर देउवाले  संसदीय समितीमा आफूलाई आमन्त्रित सदस्यको रूपमा राखेको तर धेरै सदस्यहरुले अवैधानिक भनिरहेको समितिबाट आजैकै मितिदेखि आफूले राजीनामा दिएको समेत घोषणा गरे । 
 जिम्मेवार सदस्यबाट कार्यसम्पादन समिती र संसदिय समिती अवैधानिक भएको भन्दै विरोध गरिरहेकाले  यसलाई विघटन गरिनुपर्ने उनको भनाई थियो । 
उनले  राष्ट्रियसभामा पार्टीमा दुःख गरेका, पूराना र अवसर केन्द्रीय सदस्यलाई उम्मेदवार बनाइनपर्ने धारणा राखे । 
बिहिबारदेखि चलेको बैठक आज विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप