महासमिति बैठक बोलाउन शेखर कोइरालाको माग, संसदीय समितिबाट राजीनामाको घोषणा
काठमाडौं– कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले आगामी फागुन पहिलो साता पार्टी महासमिति बैठक बोलाउन माग गरेका छन् ।
शुक्रबार पार्टी केन्द्रीय कार्यसमिति बैठकमा आफ्नो धारणा राख्दै उनले चुनावमा पार्टीले भोग्नु परेको पराजयका बारेमा समिक्षा गर्न फागुन पहिलो साता महासमितिको बैठक बोलाइनुपर्ने माग गरेका हुन् ।
‘कसैलाई दोष नदिई पार्टीले निर्वाचनमा किन पराजय भोग्नपर्यो ? यसको समिक्षा गर्न जरूरी छ। यसका लागि फागूनको पहिलो सातानै महासमितिको बैठक बोलाइनुपर्छ’, बैठकमा धारणा राख्ने क्रममा कोइरालाले भने ।
पार्टीभित्रका युवाहरूले चलाएको अभियानका बारेमा नेतृत्व पंतिबाटै नकारात्मक टिकाटिप्पणीहरू भएको प्रति असन्तुष्टि जनाउँदै उनले बेलैमा केन्द्रीय समिति बैठक नबोलाइदा यस्तो अवस्था निम्तिएको तर्क गरे ।
‘समयमै केन्द्रिय समिति बैठक बसेको भए त्यहीं उहाँहरूले आफ्ना कूराहरू राख्नूहून्थ्यो।यसमा अन्यथा लिनूपर्ने थिएन र छैन’, कोइरालाले भने ।
काँग्रेसले निर्वाचन हारेकै हो भन्दै कोइरालाले सिट कम आएपनि पपूलर भोट आएको छ भनेर चित्त बुझाएर बस्ने बेला नभएको बताए ।
पार्टी निर्वाचन लडेको जस्तो नभई ब्यक्ति लडेको जस्तो मात्रै देखिएको तर्क गर्दै उनले भने, ‘ म पनि निर्वाचन हारेको ब्यक्ति हूँ। मलाई कसैले हराएको हैन, म आफैं हारेको हूँ। तर आफू हारेनि दुबै प्रदेश जिताउने म मात्रै एक्लो प्रतिनिधीसभा उम्मेदवार हूँ।’
निर्वाचन पछाडी देशभरका नेता र कार्यकर्तामा निरासा छाएको भन्दै उनले तिनको मनोबल उच्च बनाउन नेतृत्व गम्भीर भएर लाग्नुपर्नेमा समेत उनले जोड दिए ।
सुजाता कोइराला बाहेक कसैलाई पनि समानूपातिकमा नदोहोर्याउने सहमती बालूवाटारमै भएको स्मरण गर्दै उनले तर पछि २ देखि ३ पटक सम्म एकै ब्यक्तीलाई समानूपातिकको उम्मेदवार बनाइएको आरोप लगाए ।
सभापति शेरबहादुर देउवाले संसदीय समितीमा आफूलाई आमन्त्रित सदस्यको रूपमा राखेको तर धेरै सदस्यहरुले अवैधानिक भनिरहेको समितिबाट आजैकै मितिदेखि आफूले राजीनामा दिएको समेत घोषणा गरे ।
जिम्मेवार सदस्यबाट कार्यसम्पादन समिती र संसदिय समिती अवैधानिक भएको भन्दै विरोध गरिरहेकाले यसलाई विघटन गरिनुपर्ने उनको भनाई थियो ।
उनले राष्ट्रियसभामा पार्टीमा दुःख गरेका, पूराना र अवसर केन्द्रीय सदस्यलाई उम्मेदवार बनाइनपर्ने धारणा राखे ।
बिहिबारदेखि चलेको बैठक आज विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वेस्ट इन्डिजविरुद्धको टी–२० शृङ्खलाका लागि नेपाली टोलीको घोषणा
-
नेपालको ‘इन्जिन अफ ग्रोथ’ जलविद्युत र पर्यटन : अध्यक्ष नेपाल
-
आगोले जलेर महिला गम्भीर, आकस्मिक कक्षमा डाक्टर नहुँदा प्राथमिक स्वास्थ केन्द्रमा तालाबन्दी
-
टेभेज अस्पतालबाट डिस्चार्ज
-
‘स्टक एनालिटिक्स सफ्टवेयर’ : सेयर कारोबारमा नयाँ आयाम
-
बसको ठक्करबाट तीर्थयात्रीको मृत्यु