शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जनचाहना अनुरुप छरितो प्रदेशसभा बनाउँछौं–गुरुङ

शुक्रबार, ०५ माघ २०७४, २२ : ०९
शुक्रबार, ०५ माघ २०७४

समुन्द्रा घिमिरे
 

लमजुङ–नेकपा एमालेका केन्द्रिय सचिव एवं प्रदेश नम्बर ४ का सांसद पृथ्वीसुब्बा गुरुङले चुस्त, दुरुस्त र छरितो प्रदेश सरकार निर्माण गर्ने बताएका छन् । 
निजी तथा आवसीय विद्यालय अर्गनाईजेशन (प्यावसन) जिल्ला समितिद्वारा सदरमुकाम बेसीसहरमा आयोजित २८ औं प्यावसन दिवसको उद्घाटन गर्र्दै सांसद गुरुङले त्यस्तो बताएका हुन् । 
प्रदेश ४ को भावी मुख्यमन्त्रीको चर्चामा समेत रहेका गुरुङले प्राविधिक शिक्षा, कृषिमा आधुनिकिकरण र व्यवसायिकता, जलस्रोतमा लगानी, पर्यटन क्षेत्रमा लगानी जस्ता विषयमा प्रदेश सरकार केन्द्रित रहने समेत बताए । 
वर्तमान शिक्षालाई शैक्षिक बेरोजगार वा लोकसेवा आयोग ताक्ने जनशक्ति उत्पादन गर्ने आरोप लागेको अवस्थामा प्रविधिमैत्री, व्यवहारिक र जीवनपयोगी शिक्षा दिने तर्फ सोच्न पनि उनले नीजि क्षेत्रलाई सुझाव दिए ।
अहिलेसम्मको सरकार गठनको अभ्यास हेर्दा जनताले सानो आकारको छरितो सरकार चाहेको देखिन्छ,’ सहभागीलाई सम्बोधन गर्दै उनले भने, काम गर्न सहज हुने र प्रदेशलाई आर्थिक लगायतका भारहरु पनि कमपर्ने गरी छरितो सरकार बनाउनेछौं ।’ 
सातदेखि वढीमा तेह्र सदस्यीय मन्त्रीमण्डल सहितको प्रदेश सरकार वढी व्यवहारिक हुनेमा उनले जोड दिए । ४ नम्बर प्रदेशलाई शैक्षिक ‘हव’ बनाउने गरी सरकारले आवश्यक निति, कार्यक्रम र योजना निर्माण गरी कार्यान्वयनमा जाने पनि सांसद गुरुङले बताए । 
विशेषगरी अब कस्तोखालको शैक्षिक जनशक्ति आवश्यक पर्छ भन्ने निर्धारण गर्ने र  प्राविधिक शिक्षालय स्थापना गरि सोही क्षेत्रमा खपत हुने गुणस्तरीय जनशक्ति उत्पादन गर्ने तर्फ लाग्ने समेत उनको भनाई छ । 
अहिलेको सरकारले सातैवटा प्रदेश प्रमुख नियुक्त गरिसकेकाले राष्ट्रियसभा तथा प्रदेश सरकार गठनको बाटो खुलेको बताउँदै छरितो आकारको सरकार गठन गर्ने तयारी भईरहेको गुरुङले बताए । 
    सोही कार्यक्रममा बोल्दै अर्का सांसद धनञ्जय दवाडीले निजी विद्यालयमा अभिभावकको लगानी निकै चर्को रहेको भन्दै विश्व श्रमबजारमा विक्ने खालको जनशक्ति उत्पादनमा जोड दिनुपर्ने पनि उनले बताए । 
समयको माग अनुरुपको शिक्षित जनशक्ति उत्पादन गराउने तर्फ निजीक्षेत्र जिम्मेवार हुनुपर्ने बताए । मुलुकलाई सम्वृद्ध र विकसित बनाउन नीजिक्षेत्रको महत्वपूर्ण भूमिका रहेकाले अझै जिम्मेवार बन्न समेत सांसद दवाडीले निजी विद्यालय सञ्चालकहरुलाई आग्रह गरे । 
कार्यक्रममा पूर्वसांसद जमिन्द्रमान घलेले विद्यार्थीलाई भाषा, धर्म, सँस्कृति, रितीरिवाज सँगै जीवनका अन्य व्यवहारिक पक्षसँग पनि विद्यार्थीलाई साक्षात्कार गराउन आग्रह गरे । 
विश्वबजारमा रहेका युवाहरु सँग प्रतिस्पर्धा गर्न सक्ने क्षमताको उत्पादन दिनुपर्ने जिम्मेवारी नेपाली शैक्षिक जगतसँग रहेकाले सोही अनुरुप काम गर्न समेत घलेले आग्रह गरे । 

 

यसैबीच नेपालको पत्रकारिता लगानीकर्ताको मिसनमा निर्भर हुँदै गएको भन्दैँ प्रदेशसभाका सांसद धनञ्जय दवाडीले चिन्ता व्यक्त गरेका छन् 
। स्वतन्त्र पत्रकार संघले आयोजना गरेको ग्रामीण पर्यटन प्रवद्र्धनमा पत्रकारिताको भूमिका विषयक विचार गोष्ठीको उदघाटन गर्दै उनले त्यस्तो बताएका हुन् ।  ग्रामिण पर्यटकीय क्षेत्र रागिनासकोटमा आयोजना गरिएको उक्त कार्यक्रममा सांसद दवाडीले लोकतन्त प्राप्तिको मिसन पत्रकारिता हिजोको दिनमा भएको भन्दैँ बदलिदो समय अनुशार मिसन पत्रकारिता लगानी कर्ताको मिसनमा निर्भर हुँदै गएको बताए । 

     

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप