शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मधेस आन्दोलनका अगुवा यादवले दान गरे आँखा

शुक्रबार, ०५ माघ २०७४, २२ : ०३
शुक्रबार, ०५ माघ २०७४

सिरहा–पहिलो मधेस आन्दोलनमा सिरहमा अगुवाई गरेका कृष्णबहादुर यादवले आज आफ्नो आँख दान गरेका छन् ।
आज भएको ११ औं बलिदानी दिवसको अवसरमा आन्दोलनकारी कृष्णदेव यादवले आफ्नो आँखा दान गरेका हुन् । 
लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालमा उनले मरनोपरान्त दुबै आँखा दान गर्ने सम्झौता गरेका हुन् ।
०६३ माघ २ गते अन्तरिम संविधान जलाउँदा राजधानी काठमाडौंमा तत्कालिन मधेसी जनअधिकार फोरम नेपालका संयोजक उपेन्द्र यादबलगायतका २८ नेतालाई प्रहरीले समातेका थिए । 
त्यसपछि लहानमा यादबकै नेतृत्वमा आन्दोलन हुँदा माओवादीले चलाएको गोली लागेर रमेश महतो सहिद भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप