बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेपालले गर्यो दुई कोरियाले ओलम्पिकमा सहभागिता जनाउने विषयको स्वागत

शुक्रबार, ०५ माघ २०७४, २१ : ४४
शुक्रबार, ०५ माघ २०७४

काठमाडौँ - सरकारले गणतन्त्र कोरिया र प्रजग कोरियाले जारी तनाव सामान्यीकरण गर्ने उद्देश्यका साथ हिउँदे ओलम्पिकमा उनीहरुले सहभागिता जनाउने भएकामा स्वागत गरेको छ । 

परराष्ट्र मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गरी दक्षिण कोरियाको राजधानी सिउलमा हुने उक्त ओलम्पिक खेलमा उत्तर कोरियाको सहभागिताले दुई देशबीच आपसी सम्बन्ध सुधार हुने अपेक्षा गरेको छ । नेपालले उक्त कार्यले सकारात्मक वातावरण बनी कोरियाली प्रायःद्वीपमा दिगो शान्ति तथा स्थायित्व कायम हुने अपेक्षा गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप