बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आयोगले बुझायो  प्रदेशसभा सदस्यको अन्तिम नतिजासहितको प्रतिवेदन,  शपथ कहिले ?

शुक्रबार, ०५ माघ २०७४, २० : ३५
शुक्रबार, ०५ माघ २०७४

काठमाडौँ-  नवनियुक्त प्रदेश प्रमुखको पद तथा गोपनीयताको शपथपछि प्रदेशसभा सदस्यको शपथका लागि तयारी शुरु भएको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखलाई आज पद तथा गोपनीयताको शपथ गराएलगत्तै निर्वाचन आयोगले  राष्ट्रपति कार्यालयमै प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजासहितको प्रतिवेदन बुझाएको छ । 

प्रदेश प्रमुखलाई प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजासहितको प्रतिवेदन बुझाइसकेपछि आयोगले उक्त प्रतिवेदन आजै राजपत्रमा प्रकाशन गर्न पठाएको छ । प्रतिवेदन बुझेलगत्तै तत्तत् प्रदेशका प्रमुखहरु आआफ्ना प्रदेशसभा सदस्यलाई पद तथा गोपनीयताको शपथका लागि व्यवस्था गर्ने तयारीमा लागेका छन्  । 

आयोगले यही माघ २४ गते हुने राष्ट्रियसभा सदस्यका लागि माघ ७ गते नामावली प्रकाशन गर्ने तालिका सार्वजनिक गरिसकेको छ । त्यस मितिअगावै प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ लिइसक्नुपर्ने कानूनी बाध्यता छ । 

सोहि अनुसार  आइतबार बिहान ११ बजेसम्म प्रदेशसभा सदस्यालाई सम्बन्धित प्रदेशमै शपथ गराइसक्ने भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप