शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

‘राप्रपा प्रजातान्त्रिकका मन्त्रीहरुको काम सन्तोषजनक’

शुक्रबार, ०५ माघ २०७४, २० : १५
शुक्रबार, ०५ माघ २०७४

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले सन्तोषजनक कार्यसम्पादन गरेको निष्कर्ष निकालेको छ । 

पार्टी अध्यक्ष पशुपतिशम्शेर जबराको अध्यक्षतामा केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय र मन्त्रीहरुको संयुक्त बैठकले देशलाई अस्थिरताबाट समाधान दिन प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न गर्ने प्रयोजनबाट गठित वर्तमान सरकारमा पार्टीले सो काम सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको ठहर गरेको प्रवक्ता राजेन्द्र गुरुङले जानकारी दिए  । 

अध्यक्ष राणाले आगामी दिनमा पनि जनतालाई सर्वोपरि राखेर राजनीतिक गतिविधि सञ्चालन तथा संगठन सुदृढीकरणका लागि पार्टी नेता कार्यकर्तालाई निर्देशन दिए  । निर्वाचनमा पार्टीले पराजय भोगेपछि भएको बैठकमा सरकारमा रहेका मन्त्रीहरुले देश र जनताको हितमा कार्य गर्दा गर्दै अपेक्षाकृत सफलता कायम गर्न नसकिएको भनी सचिवालय प्रमुख राजाराम श्रेष्ठले धारणा राखे  । 
स्वास्थ्य, उद्योग र वन तथा भूसंरक्षण मन्त्रालयको नेतृत्व सो पार्टीले गरेको छ । सोही कार्यक्रममा ३ नं प्रदेशको समानुपातिकतर्फ मनोनीत सांसद रीना गुरुङलाई बधाई तथा शुभकामना दिइएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप