बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अतिरिक्त समय इजलास सञ्चालन गर्दा दुई महिनामा दुई हजार १९० मुद्दा फछ्र्याैट

शुक्रबार, ०५ माघ २०७४, २० : ११
शुक्रबार, ०५ माघ २०७४

काठमाडौँ- सर्वोच्च अदालतमा मुद्दाको चाप कम गर्न अतिरिक्त समय इजलास सञ्चालन गर्दा सन्तोषजनक प्रगति भएकोे छ । 

अतिरिक्त समय इजलास सञ्चालन गर्दा पछिल्लो दुई महिनामा कूल दुई हजार १९० मुद्दा फछ्र्याैट भएको हो । 

मंसिरमा प्रतिन्यायाधीश ५४ र जम्मा एक हजार ८४ मुद्दा फछ्र्याैट भएको छ । पुस महिनामा प्रतिन्यायाधीश ५६ र जम्मा एक हजार १०६ मुद्दा फछ्र्यौट भएको छ । 

लामो सयमदेखि मुद्दाको चाप कम गर्ने उद्देश्यले सर्वोच्च अदालत नियमावलीमा अतिरिक्त समयमा इजलास सञ्चालन गर्न सकिने व्यवस्था समावेश गरेर गत मंसिर १ गतेदेखि अतिरिक्त समयमा इजलास सञ्चालन गरेको थियो । अघिल्लो वर्ष २०७३ मंसिरमा प्रतिन्यायाधीश ४५ र जम्मा ८९६ मुद्दा फछ्र्यौट भएको थियो । गत पुस महिनामा प्रतिन्यायाधीश ४५ र जम्मा ९०२ मुद्दा फछ्र्याैट गरेको थियो । 

त्यसैगरी, २०७२ मंसिरमा प्रतिन्यायाधीश ३७ र जम्मा ७३७ मुद्दा फछ्र्याैट भएको देखिन्छ । विसं ०७२ को पुसमा प्रतिन्यायाधीश ४२ र जम्मा ८४३ मुद्दा फछ्र्यौट भएको थियो । 

सर्वोच्च अदालतका प्रवक्ता नारायणप्रसाद पन्थीका अनुसार अदालतको कार्य प्रगति र प्रभावकारिता गणितीय ढंगले मुद्दाको फछ्र्याैट संख्यामा मात्र निर्धारण गर्न मिल्दैन । तर दुई महिनामा राम्रो मुद्दाको फछ्र्यौट भएको छ । चालु आर्थिक वर्षको मंसिर÷पुसमा पाँच वर्ष नाघेका मुद्दा ३२२ थान र दुई वर्ष नाघेका एक हजार १०४ मुद्दा फछ्र्याैट भएको छ । 

अदालतले अतिरिक्त समयमा इजलास सञ्चालन गर्नुका साथै मुद्दाको छिटो फछ्र्याैट गर्नका लागि समान प्रकृतिका मुद्दा एकसाथ सुनुवाइ गरिने गरी सामूहिक सुनुवाइसमेत शुरु गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप