शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपालको शिक्षामा जापानले थप सहयोग गर्ने

शुक्रबार, १६ असार २०७४, १६ : ३०
शुक्रबार, १६ असार २०७४

काठमाडौँ -उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठसँग आज नेपालका लागि जापानी राजदूत मासासी ओगावाले शिष्टाचार भेट गरी नेपालको शिक्षा क्षेत्र र विद्यालय पुनः निर्माणमा थप सघाउने प्रतिवद्धता व्यक्त गरे । 

सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा भएको सो भेटमा जापान सरकारले विद्यालय क्षेत्र विकास कार्यक्रम र भूकम्पबाट प्रभावित जिल्लामा विद्यालय पुनःनिर्माणमा थप सहयोगको प्रतिवद्धता जनाएको मन्त्रालयका सहप्रवक्ता सरस्वती पोखरेलले जानकारी दिए । 

जापान सरकारको सहयोगमा हालसम्म २८३ विद्यालय निर्माण भइसकेको छ भने करिब पाँच सय विद्यालय निर्माणाधीन छ । 

भेटमा उपप्रधानमन्त्री श्रेष्ठले विनाशकारी भूकम्पपछि जापान सरकारले राहत, पुनःस्थापना र विद्यालय भवन निर्माणमा गरेको सहयोगप्रति धन्यवाद दिँदै जापानको शिक्षा विकास, प्रविधि र प्रगतिबारे नेपाली विद्यार्थीले अध्ययन र सिक्नसक्ने थप वाताववरण निर्माण गर्न आग्रह गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप