मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

शुक्रबार सिरियामा भएको भिडन्तमा दर्जनौको मृत्यु

शुक्रबार, ०५ माघ २०७४, १९ : २२
शुक्रबार, ०५ माघ २०७४

एजेन्सी– सरकारको नियन्त्रणबाट लगभग बाहिर रहेको सिरियाको हामा प्रान्त नजिक भएको आक्रमणमा परी दर्जनौं नागरिकको मृत्यु भएको समाचारमा जनाइएको छ ।  इद्लीब र हामा प्रान्तको सिमा क्षेत्रमा पर्ने एक स्थानमा सरकारी सुरक्षाकर्मी र जिहादी लडाकूबीच शुक्रबार बिहानैदेखि भिडन्त भएको समाचारमा जनाइएको छ । 

अल तामाना क्षेत्रमा अहिले पनि भइरहेको भिडन्तमा परी कम्तीमा ३७ जनाको मृत्यु भएको सिरियन अब्जर भेटरी फर ह्युमन राइटस्ले जनाएको छ ।  मारिएकामध्ये कम्तीमा २१ जना सर्वसाधारण नागरिक रहेका घटनास्थलको अनुगमन गरिरहेका बेलायतमा आधारित मानवअधिकारीवादी संस्थाका प्रमुख रामी अब्देल रहमानले बताए । 

ती सर्वसाधारण सरकारको समर्थनगर्दै आएको रसिया आवद्ध युद्धक विमानको आक्रमणमा मारिएका हुन् ।  यस आक्रमणमा केही सैनिक र अल कायदा आवद्ध फतेह अल सामका लडाकू पनि परेका अब्जरभेटरीले जानकारी दिएको छ । तर उनीहरु के कतिको सङ्ख्यामा छन् भन्ने बारेमा भने केही बताइएको छैन । 

अब्जरभेटरीका प्रमुखका रामीकाअनुसार गत हप्तादेखि यता मात्रै सो क्षेत्रमा ४२ सर्वसाधारण र ४८ जना लडाकूको सरकारी सेनाले गरेको कारबाहीमा मारिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप