बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचन आयोगले बुझायो प्रदेश प्रमुखहरुलाई नतिजासहित प्रतिवेदन

शुक्रबार, ०५ माघ २०७४, ०८ : ००
शुक्रबार, ०५ माघ २०७४

काठमाडौँ– निर्वाचन आयोगले सातवटै प्रदेशका प्रदेश प्रमुखलाई प्रदेशसभा निर्वाचनको अन्तिम नतिजासहितको प्रतिवेदन बुझाएको छ ।  प्रदेश प्रमुखको शपथग्रहणलगत्तै निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवले राष्ट्रपति कार्यालय शीतल निवासमा ती प्रदेशका प्रदेश प्रमुखलाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् । 

प्रमुख आयुक्त डा.यादवले प्रदेश नं १ का प्रा डा.गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश नं २ का रत्नेश्वरलाल कायस्थ, प्रदेश नं ३ का अनुराधा कोइराला, प्रदेश नं ४ का बाबुराम कुँवर, प्रदेश नं का ५ उमाकान्त झा, प्रदेश नं ६ का दुर्गाकेशर खनाल र प्रदेश नं ७ का मोहनराज मल्ललाई प्रतिवेदन बुझाएका हुन् । 

सो अवसरमा प्रमुख आयुक्त, डा.यादवले सबै प्रदेश प्रमुखलाई राष्ट्रियसभा निर्वाचनको तालिकाअनुसार प्रदेशसभा सदस्यहरुलाई आइतबार बिहान ११ बजेसम्म शपथ ग्रहण गराइदिनहुन आग्रह गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप