मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

शीतलहर पीडितलाई युवा संघको सहयोग

शुक्रबार, ०५ माघ २०७४, १९ : ०९
शुक्रबार, ०५ माघ २०७४

काठमाडौँ– युवा संघ नेपालले शीतलहरबाट प्रभावित सिरहा, महोत्तरी र सप्तरीमा न्यानो कपडा, लत्ताकपडा, कम्बललगायत सामग्री आज पठाएको छ ।  प्राकृतिक प्रकोपबाट समस्यामा परेका नागरिकलाई केही सहयोग गर्ने उद्देश्यले संघका अध्यक्ष राजीव पहारीको नेतृत्वमा एक प्रतिनिधिमण्डल आज सिराहा गएको प्रवक्ता प्रभातविक्रम कटुवालले जानकारी दिए । संघअन्तर्गत विपद् न्यूनीकरण विभागले स्थानीय प्रशासनसँग समन्वय र सहकार्य गरी राहत वितरणमा सहयोग उपलब्ध गराउनेछ । 

संघका अध्यक्ष पहारीले प्रभावित क्षेत्रका पीडितलाई न्यानो कपडा वितरणका लागि विभिन्न राहत सामग्री संकलन गरिएको जानकारी दिँदै शीतलहरबाट प्रभावित तराईवासीलाई न्यूनतम मानवीय आवश्यकता उपलब्ध गराउन सरकारसँग माग गरे । आगामी दिनमा सर्लाहीलगायत प्रभावित क्षेत्रमा पनि सहयोग जुटाइने जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप