मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

ढोरपाटन महिला भलिबलः एपीएफ र त्रिभुवन आर्मीको जित

शुक्रबार, ०५ माघ २०७४, १९ : ००
शुक्रबार, ०५ माघ २०७४

काठमाडौं– १३ औं ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिता अन्तर्गत शुक्रबार विभागीय टिम एपीएफ र त्रिभुवन आर्मी क्लबले दोहोरो जित हात पारेका छन् ।  एपीएफले न्यु डायमण्ड स्पोर्टस क्लब र नेपाल पुलिस क्लब दुबैलाई सोझो सेटमा पराजित गर्यो । नेपाल पुलिस क्लब विरुद्धको खेलमा एपीएफले २५–१२, २५–१७ र २५–१३ को जित निकाल्यो । यसअघि एपीएफले न्यु डायमण्ड स्पोर्टस क्लबलाई २५–१, २५–२ र २५–६ को सहज सेटमा हराएको थियो ।

आर्मीले प्यारामाउण्ट हाई स्कुल र स्प्रिङडल स्कुललाई पराजित गर्यो । पहिलो खेलमा प्यारामाउण्ट विरुद्ध २५–१३, २५–१२ र २४–८ को जित दर्ता गरेको आर्मीले दोस्रो खेलमा स्प्रिङडल स्कुललाई २५–९, २५–१५ र २५–८ ले पाखा लगायो ।

थ्रीस्टार एकेडेमी विरुद्धको खेलमा भने स्प्रिङडलले ३–१ सेटमा जित हात पा¥यो । पहिलो र दोस्रो सेटमा २५–१४ र २५–१० को जित निकालेको स्प्रिङडल तेस्रो सेटमा भने २६–२८ ले पराजित भयो । चौथो सेटमा भने स्प्रिङडलले २५–१४ को जित निकाल्यो । अर्को खेलमा न्यु डायमण्ड ऐकेडेमीले थ्रीस्टार एकेडेमीलाई २५–८, २५–० र २५–१ ले पाखा लगायो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप