मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

सिरहामा मनाइयो बलिदानी दिवस, शहीद परिवारलाई व्यवस्थापन गर्ने वाचा (फोटोफिचर)

शुक्रबार, ०५ माघ २०७४, १८ : ५७
शुक्रबार, ०५ माघ २०७४

सिरहा । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले मधशी जनताको हक अधिकार र पहिचानका लागि शहीद भएकाहरुको आश्रित परिवारको पार्टीले उचित व्यवस्थापन गर्ने बताएका छन् ।

राजपा नेपाल र संघीय समाजवादी फोरम नेपालद्वारा सिरहाको लहानमा शुक्रबार अपरान्ह आयोजित ११ औं बलिदानी दिवस समारोहलाई सम्बोधन गर्दै सिरहा ४ का सांसद समेत रहेका यादवले प्रदेश नं. २ मा बन्ने मधेश सरकार र पार्टीले मधेशका लागि शहादत भएकाहरुको परिवारको जीविकाका लागि पार्टीले व्यवस्थापन गर्ने बताएका हुन् ।

‘मधेशी शहीदहरुको बलिदानकै कारणले मधेश सरकार बन्दैछ’ यादवले भने ‘मधेश प्रदेश र सरकार चलाउन जनताले फोरम र राजपालाई म्याण्डेट दिएकाले शहीद परिवारका लागि काम गर्न सहज हुने भएको छ ।’
जनताले फोरम र राजपालाई मिलेर जान मतादेश दिएको चर्चा गर्दै उनले आगामी दिनमा एउटै पार्टी, झण्डा र चुनाव चिन्हसहित आफूहरुको तयारी रहेको उनले बताए । ‘पछिल्लो प्रतिनिधिसभा र प्रदेशसभाको

निर्वाचनमा पार्टीभित्रै देखिएको अन्तरविरोध हल गर्दै पुनः एक पल्ट सिरहालाई मधेशको किल्ला बनाउने छौं’ यादवले भने ।

रक्तदान र आँखा दान पनि

प्रायः हरेक वर्ष बलिदानी दिवसको अवसरमा जुलुश, र्याली, शहीद परिवारलाई दोसल्ला ओढाएर सम्मान गंिरदै आएको भएपनि यो पटक रक्तदान र आँखा दान समेत गरिएको छ । बलिदानी दिवस आयोजक समितिले नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र लहानसँगको समन्वयमा रक्तदान समेत गरिएको छ । लहान १ स्थित शहीद चोकमा आयोजित रक्तदान कार्यक्रममा ९० जनाले रक्तदान गरेको केन्द्रका ल्याव इञ्चार्ज प्रदपकुमार यादवले जानकारी दिए । त्यस्तै, मधेश आन्दोलनको शुरुवाती चरणमा लहानमा मुख्य नेतृत्वको रुपमा रहेका कृष्णबहादुर यादवले मरणोपरान्त दुवै आँखा दान गरेका छन् । लहानस्थित सगरमाथा चौधरी आँखा अस्पताललाई यादवले आँखा दान गरेका हुन् ।

२०६२/०६३ को जनआन्दोलनपछि २०६३ माघ १ गतेदेखि लागू भएको अन्तरिम संविधानमा संघीयता र समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था नगरिएको भन्दै मधेशी जनअधिकार फोरम नेपालको आह्वानमा शुरु भएको आन्दोलनको क्रममा माघ ५ गते सिरहाको लहानमा विद्यार्थी रमेश महतोको तत्कालीन माओवादी पार्टीका सियाराम ठाकुरले चलाएको गोली लागेर मृत्यु आन्दोलन देशव्यापी भएको थियो ।

आन्दोलनमा क्रममा सिरहाका विभिन्न ठाउँका ५ जनाले शहादत प्राप्त गरेका थिए भने तीन दर्जन भन्दा बढी घाइते भएका थिए । मधेश आन्दोलनका क्रममा मुलुकका तराईका जिल्लाहरुबाट ३८ जनाको निधन भएको थियो भने ५८ जना गम्भिर घाइते भएका थिए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रामभरोसी यादव
रामभरोसी यादव

रामभरोसी यादव रातोपाटीका सिरहा संवाददाता हुन् ।

लेखकबाट थप