बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

काङ्ग्रेस र एमालेका सांसदहरु पनि माओवादी जस्तै लाग्छ : प्रचण्ड

शुक्रबार, ०५ माघ २०७४, १८ : १०
शुक्रबार, ०५ माघ २०७४

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काँग्रेस र एमालेबाट निर्वाचित भएका सांसदहरु पनि माओवादी नै जस्तो लाग्ने बताएका छन् । 

आफ्नो पार्टीले त्याग र बलिदान नगरेको भए काँग्रेस र एमालेबाट उपेक्षित वर्गका प्रतिनिधिहरु निर्वाचित हुने अवसर प्राप्त हुने अहिले स्थिति आउने थिएन भन्दै प्रचण्डले सो कुरा बताएका हुन् ।

पार्टीबाट प्रदेश सभामा नवनिर्वाचित समानुपातिक सांसदहरुलाई बधाई ज्ञापन गर्दै प्रचण्डले भने, ‘अहिजो राज्यको नजरमा नपरेका र वेवास्ता गरिएका वर्ग समूदायबाट अहिले ठूलो संख्यामा सरकार, संसद र प्रदेशसभामा प्रतिनिधित्व गर्ने अवसर प्राप्त भएको छ ।’

आफू र आफ्नो पार्टीका लागि यो हर्ष र गर्वको क्षण भएको भन्दै उनले भने, ‘यद्यपि, हामीले भनेको जस्तै सबै कुरा भएको छैन । विभिन्न रुप र मोर्चामा हाम्रो संघर्ष जारी छ ।’

प्रचण्डले आफूलाई हिजो युद्धकालमा जस्तै महिलाहरुको एक बटालियनलाई सम्बोधन गरेको अनुभव भइरहेको पनि बताए । उनले भने, ‘मलाई 
हिजो जनयुद्धमा जस्तै महिलाहरुको एउटा बटालियन तयार भएको महसुस भइरहेको छ । तपाईंहरु नयाँ मोर्चामा लड्न जानुभइरहेको छ । तर, यो मोर्चा हिजोभन्दा पेचिलो छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप