शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेता नविन्द्रराज जोशीलाई पितृशोक

शुक्रबार, ०५ माघ २०७४, १७ : ३३
शुक्रबार, ०५ माघ २०७४

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री नविन्द्रराज जोशीलाई पितृशोक परेको छ । नेता जोशीका पिता गजेन्द्रराज जोशीको ८३ वर्षको उमेरमा शुक्रबार काठमाडौंमा निधन भएको हो । उनी दम सम्वन्धी रोगबाट पीडित थिए ।

उनको शुक्रबारै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ  । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला लगायतका नेताहरुले पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् ।

साथै पशुपति आर्यघाटमा श्रद्धाञ्जलीका लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु, पार्टी एवम् शुभेच्छुक संस्थाका कार्यकर्ताहरु र स्वर्गीय जोशीका आफन्तजनहरुको उपस्थिति रहेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप