बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ओखलढुंगाको पुननिर्माण कछुवा गतिमा, ३४ महिनामा १४ प्रतिशत मात्रै घर सम्पन्न

शुक्रबार, ०५ माघ २०७४, १७ : १७
शुक्रबार, ०५ माघ २०७४

ओखलढुंगा– ओखलढुंगामा भुकम्पपछिको पुननिर्माण कछुवा गति अघि बढिरहेको छ ।  भूकम्प गएको तीन वर्ष बित्न लाग्दासमेत जिल्लामा १४ प्रतिशतले मात्र घर निर्माण सम्पन्न गरेका छन् । निजी आवास पुननिर्माण नहुँदा भूकम्प प्रभावितहरु खुला आकाशमुनि बस्न बाध्य भएका छन् । प्राधिकरणबाट खटिएका प्राविधिकहरु गाउँमा नबसेका कारण निजी आवास निर्माणमा समस्या भएको प्रभावितहरु भुकम्प प्रभावितहरुले बताउने गरेका छन् ।

पहिलो किस्ताको अनुदान सम्झौतामा ओखलढुुंगा उत्कृष्ट जिल्ला मानिन्थ्यो । तर त्यस यता पुननिमार्णका गतिविधि भने सुस्त जस्तै देखिएको छ । भूकम्पपीडितहरु राहतको पर्खाईमा रहेका छन् । पहिलो किस्ता लिएर ऋण काडेर घर बनाउन थालेका उनीहरु दोस्रो र तेस्रो किस्ताको पर्खाइमा रहेका छन् । 

भूकम्पपछि पहिचान भएका लाभग्राहीको संख्या २० हजार १ सय ६५ रहेको भएपनि १८ हजार ७ सय ८१ घरले मात्रै अनुदान सम्झौता गरेका थिए । सम्झौता भएकामध्ये १८ हजार ९ सय ४९ ले पहिलो, ८ हजार २ सय २४ घरले दोस्रो र २ हजार ८ सय ४३ घर भूकम्प प्रभावितले तेस्रो किस्ता वापतको रकम लिइसकेको राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुख युवराज खरेलले बताए ।

भूकम्पमा परेर क्षति भएका घरहरु लाभग्राहीको सूचिमा नपरेको भन्दै गुनासो पनि उत्तिकै संख्यामा परेको छ । केन्द्रीय गुनासो सुनुवाई समितिमा मात्रै ६ हजार ४ सय ३७ गुनासो दर्ता भएका छन् । तीमध्ये ५ हजार ६ सय ४५ गुनासाको सम्बोधन भई सर्वेक्षण गरिएको प्राधिकरणले जनाएको छ । त्यस्तै स्थानीय तह पुनसंरचना भैसकेपछि मात्रै ८ हजार बढि नयाँ गुनासो दर्ता भएको छ ।

यता लाभग्राहीको सुचिमा परेर पनि पहिलो किस्तानै नपाउने लाभग्राहीको संख्या पनि उत्तिकै रहेको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिका अनुसार ओखलढुंगामा ७० भन्दा बढिले पहिलो किस्ता बापतको रकम नै पाउन सकेका छैनन् ।

उनीहरुलाई पहिलो किस्ता बाँड्ने क्रममा कम्प्युटर अपडेमा फरक परेको र ब्यक्तिसमेत फरक परेकाले समस्या भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुख खरेलले बताए । अहिले त्यस्ता समस्या भएकाहरुलाई रकम वितरणका लागि प्रक्रिया अगाडी बढिरहेको खरेलले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप