शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

५० विघा जमिन कतिमा बेचियो ? प्रधानमन्त्रीज्यू ! (फोटो)

शुक्रबार, ०५ माघ २०७४, १७ : ०६
शुक्रबार, ०५ माघ २०७४

काठमाडौं– वीरगंजस्थित नेपाल–भारत सीमामा पर्ने छपकैयामा ५० विगाहा जमिन भारतीय पक्षले मिचेको भन्दै सरकारविरुद्ध काठमाडौंमा प्रर्दशन गरिएको छ ।  

नेपालीहरुको नाममा रहेको करीब ५० बिघा जमिन भारत तर्फ पर्ने गरी नयाँ सिमा स्तम्भ गाडीएको भन्दै राष्ट्रिय स्वाधिनता अभियानले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेको हो ।

सीमा क्षेत्रको विषयमा वकालत गर्दै आएको ग्रेटर नेपालले शुक्रबार मिनभवनस्थित नापी विभागमा पुगेर नेपालको सीमा भारतले मिच्दा समेत सरकारले वास्ता नगरेको भन्दै एकघण्टे धर्नासहित विरोध प्रर्दशन गरेको हो । 

यता, सरकारले भने वीरगंजमा भारतले नेपालको सीमा नमिचेको स्पष्टीकरण दिएको छ । नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले वीरगंजमा नेपाली भू–भाग भारतीय पक्षले मिचेको भन्न नमिल्ने दावी गरे ।

उनले नापी विभागले प्रमाणको आधारमा मात्रै आफ्नो कार्य सम्पादन गर्दै आएको तर्क समेत गरे । नापी विभागले वीरगंजमा भारतले नेपाली भूमिका मिचेको हो–होइन, छानविन गर्न निर्देशक नेतृत्वकै टोली फिल्डमा पठाइ सकिएको पनि जनाएको छ ।

विभागले वीरगंज नगरपालिकास्थित नेपाल भारत सीमामा नेपालको ५० विघाभन्दा बढि जमिन मिचिएको भन्ने समाचारको खण्डन गर्दै आएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजु महर्जन
विजु महर्जन

विजु महर्जन फोटो पत्रकार हुन् ।

लेखकबाट थप