उपेन्द्र र राजेन्द्रहरु गद्धार हुन्ः चौधरी
काठमाडौं–वीरगञ्ज राजधानी संघर्ष समितिका संयोजक सुरेन्द्रप्रसाद चौधरीले प्रदेश नम्बर–२ को राजधानी वीरगञ्ज नबनाउँदासम्म आन्दोलन नरोकिने बताएका छन् । बिहीबार काठमाडौमा संघर्ष समितिले पत्रकार सम्मेलन गर्दै आन्दोलन नरोक्ने चेतावनी दिएको हो ।
पत्रकार सम्मेलनमा संर्घष समितिका अध्यक्ष चौधरीले मधेशको नाममा राजनीतिक दलहरुबाट धोका घडि भएको आरोप लगाएका छन् । उनले भने, ‘२००७ सालको क्रान्तिको शुत्रपात भूमि वीरगञ्ज हो, उक्त आन्दोलनको पहिलो शहीद थिरबम मल्ल वीरगञ्जकै हुन, राज्यलाई ७८ प्रतिशत राजश्व बुझाउने जिल्ला वीरगञ्ज हो, जनकपुरभन्दा हजारौ गुणा सम्भावना र पूर्वाधार भएको जिल्ला पर्सा हो, हरेक राजनीतिक आन्दोलनको मूख्य थलो वीरगञ्ज हो, अन्तर्राष्ट्रिय विमानस्थल र फाष्ट ट्रयाक निर्माण हुँदैछ, यस्ता तमाम कुराको आधारमा प्रदेश नम्बर २ को राजधानि वीरगञ्ज हुनुपर्छ, वीरगञ्जलाई राजधानी नतोकेसम्म हाम्रो आन्दोलन रोकिदैन ।’
तीनपटक सांसद र दुईपटक मन्त्री बनिसेकका राजनीतिज्ञ चौधरीले मधेशको नाममा राजेन्द्र महतो र उपेन्द्र यादवले सबैभन्दा बढि गद्धारी गरेको आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारी राजालाई काठमाडौँ बाहिर घुमाउने योजना सम्भव भएन : राजदूत ढकाल
-
रुसको कदमले अमेरिका आक्रोशित
-
इरानी र्यापर सालेहीलाई मृत्युदण्डको सजाय सुनाइयो
-
आईपीएलको अवैध प्रसारण: प्रहरीले अभिनेत्री तमन्ना भाटियालाई सोधपुछका लागि बोलायो
-
अख्तियारद्वारा ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
भाइलाई ‘प्लस टु’ पास गराउन प्रिन्सिपलले गरे नक्कली विद्यार्थी खडा