केन्द्रीय संस्करण

उपेन्द्र र राजेन्द्रहरु गद्धार हुन्ः चौधरी

person access_timeमाघ ५, २०७४ chat_bubble_outline0

काठमाडौं–वीरगञ्ज राजधानी संघर्ष समितिका संयोजक सुरेन्द्रप्रसाद चौधरीले प्रदेश नम्बर–२ को राजधानी वीरगञ्ज नबनाउँदासम्म आन्दोलन नरोकिने बताएका छन् ।  बिहीबार काठमाडौमा संघर्ष समितिले पत्रकार सम्मेलन गर्दै आन्दोलन नरोक्ने चेतावनी दिएको हो ।

पत्रकार सम्मेलनमा संर्घष समितिका अध्यक्ष चौधरीले मधेशको नाममा राजनीतिक दलहरुबाट धोका घडि भएको आरोप लगाएका छन् । उनले भने, ‘२००७ सालको क्रान्तिको शुत्रपात भूमि वीरगञ्ज हो, उक्त आन्दोलनको पहिलो शहीद थिरबम मल्ल वीरगञ्जकै हुन, राज्यलाई ७८ प्रतिशत राजश्व बुझाउने जिल्ला वीरगञ्ज हो, जनकपुरभन्दा हजारौ गुणा सम्भावना र पूर्वाधार भएको जिल्ला पर्सा हो, हरेक राजनीतिक आन्दोलनको मूख्य थलो वीरगञ्ज हो, अन्तर्राष्ट्रिय विमानस्थल र फाष्ट ट्रयाक निर्माण हुँदैछ, यस्ता तमाम कुराको आधारमा प्रदेश नम्बर २ को राजधानि वीरगञ्ज हुनुपर्छ, वीरगञ्जलाई राजधानी नतोकेसम्म हाम्रो आन्दोलन रोकिदैन ।’

तीनपटक सांसद र दुईपटक मन्त्री बनिसेकका राजनीतिज्ञ चौधरीले मधेशको नाममा राजेन्द्र महतो र उपेन्द्र यादवले सबैभन्दा बढि गद्धारी गरेको आरोप लगाए । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ