शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आज पनि मिडियालाई रोक्यो शीतल निवासले

शुक्रबार, ०५ माघ २०७४, १६ : ४४
शुक्रबार, ०५ माघ २०७४

काठमाडौँ । राष्ट्रपति कार्यलयमा शुक्रबार भएको प्रदेश प्रमुखहरुको पद तथा गोपनियताको शपथ ग्रहण समारोहमा नीजि लगानीका सञ्चारमाध्यमलाई प्रवेश निषेध गरिएको छ । 

सपथ ग्रहणको समाचार संकलनका लागि राष्ट्रपति कार्यलय पुगेका संचारकर्मीलाई प्रवेश नदिएपछि सञ्चारकर्मीहरुले विरोध प्रदर्शन गरेका छन् । 

कार्यक्रममा प्रवेश नपाएपछि उनीहरुले  शीतलनिवासको गेटमै क्यामेरा राखेर प्रदर्शन गरेका हुन् ।

यसअघि पनि विभिन्न कार्यक्रममा मिडियालाई शीतलनिवासमा प्रवेश दिइएको थिएन ।

राष्ट्रपतिको रुपमा विद्यादेवि भण्डारी आएपछि शितलनिवास मिडियाप्रति अनुदार भएको भन्दै आलोचना हुँदै आएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप