शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रातोपाटीकर्मीको पहलमा कम्बल र न्यानो कपडा बितरण

शुक्रबार, ०५ माघ २०७४, १५ : ३१
शुक्रबार, ०५ माघ २०७४

रौतहट–रौतहटस्थित रातोपाटीकर्मीको पहलमा न्यानो कपडा तथा बम्बल बितरण गरिएको छ । लामोसमय देखी चलेको शीतलहरबाट बिपन्नबर्ग प्रभावित भएपछि रातोपाटीकर्मी सञ्जय मिश्राको पहलमा कटहरिया र फतुुआ बिजयपुुर नगरपालिकाको दलित टोलमा न्यानो कपडा र कम्बलबितरण गरीएको हो ।
पत्रकार मिश्राको पहलमा जनजागृती कृषीफर्म काठमाडौले उपलब्ध गराएको न्यानो कपडा कटहरिया नगरपालिका वडा ४ स्थित चमार तथा धनखार जातिका एकसय ५० परिवारलाई बितरण गरीएको प्रहरीले जनाएको छ । मिश्राको पहलमा यसअघि फतुुआ बिजयपुर ४ हर्षाहाटोल स्थित दलितलाई दुुईसय थान कम्बल बितरण गरीएको थियो । 
करीव एकलाख ५० हजार परेको उक्त कम्बल कृषिफर्मका सञ्चालकद्धय प्रकाश चालिसे र पुुरुषोतम ढुुंगानाले उपलब्ध गराएका थिए ।
    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप