शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अहिलेसम्म त्यस्तो पत्र आएन– अभिनेत्री मिरुना मगर (भिडियो)

शुक्रबार, ०५ माघ २०७४, १५ : ०१
शुक्रबार, ०५ माघ २०७४

सुनौलो भविष्य देखेर अभिनयमा भित्रिने युवा युवतीको जमात चलचित्र क्षेत्रमा बढ्दो छ । विशेषगरी, नायकका रुपमा भन्दा पनि नायिकाको रुपमा भित्रिने धेरै छन् । तीमध्येकी एक हुन् नव–अभिनेत्री मिरुना मगर । मिरुना आज शुक्रबारबाट देशभर प्रदर्शनमा आएको चलचित्र ‘लालपुर्जा’बाट अभिनयमा भित्रिएकी हुन् । मिरुनालाई अभिनयमा भित्र्याउने काम निर्माता माधव वाग्लेले गरे । तर अहिले वाग्ले यो युनिटमा आबद्ध छैनन् । माधव चलचित्र युनिटसँग अलग भएको विषयमा उनले आफूलाई केही थाहा नभएको बताइन् । सानैदेखिको अभिनयतिर रुचि भएकी उनी डेब्यु चलचित्रको प्रदर्शनबाट निकै उत्साहित पनि छन् । करियर बनाउन अभिनयमा हामफालेकी बताउने उनी बेलायतमै हुर्किएकी हुन् । उतै स्नातकसम्मको अध्यायन पूरा गरेकी उनी अभिनयलाई निरन्तरता दिने सोचमा छिन् । पहिलेदेखि नै समाजसेवातिर रुचि भएकी मिरुनासँग रातोपाटीको दश प्रश्न ।

तपाईंको डेब्यु चलचित्र शुक्रबार (आज) बाट प्रदर्शनमा आएको छ । कतिको उत्साहित हुनुहुन्छ ?
– निकै उत्साहित छु । साथसाथै नर्भस पनि छु । पहिलो चलचित्र कस्तो हुने हो । दर्शकले मेरो अभिनयलाई के भन्ने हुन् । आफू कस्तो देखिन्छु भनेर डर लागि रहेको छ ।

अभिनय रुचि हो कि टाइमपास ?
– अभिनयमा मेरो सानैदेखि रुचि थियो । तर कहिले गर्ने भन्ने निश्चित थिएन । विदेश बस्दा सानैदेखि अध्यायनमा फोकस हुनुपथ्र्यो । अहिले ब्याचलर (स्नातक तह) सकेर नेपाल फर्कंदा अभिनयका लागि समय जुर्यो । टाइमपासका लागि अभिनय गरेकी होइन । अब अभिनयलाई निरन्तरता दिने हो । 

अभिनेता सौगातलाई पछाडि राखेर बाइक कुदाउँदा कस्तो फिलिङ्गस् आयो  ?
– मलाई राम्रोसँग बाइक कुदाउन आउँदैनथ्यो । तर चलचित्रमा अभिनेता सौगात मल्ल दाइलाई राखेर धेरैचोटि बाइक कुदाउनु पर्यो । त्यसैले डराई डराई बाइक कुदाएँ । धेरै चोटि लडँे । घाइते पनि भएँ । 

फुर्सदको समय के गर्नुहुन्छ  ?
– यो समयमा राम्रा राम्रा पुस्तक पढ्न । साथीहरुसँग भेट्न, समाजसेवा गर्न मनपर्छ । यसमै समय बिताउँछु । सङ्गीत पनि सुन्न मनपर्छ । 

सौदर्यतिर कतिको ध्यान दिनुहुन्छ  ?
– त्यस्तो धेरै ध्यान दिने गरेकी छैन । हल्काफुल्का मेकअप गर्ने हो । प्रायः समय अनुहारमा सन्ब्लक क्रिम लगाउन छुटाउँदिनँ । 

फेसन कतिको फलो गर्नुहुन्छ ?
– म आफ्नो अगाडि जे छ त्यही लगाउने खालकी केटी हुँ । आफूलाई लगाउन सजिलो हुनुपर्यो । देख्दा राम्रो देखिनुपर्यो । जाडोमा न्यानो र गर्मीमा शितल हुनुपर्यो, त्यही हो । मलाई यस्तै पहिरन चाहिन्छ भन्ने छैन । 

तपाईंको कुन अङ्ग अरुले मन पराउँछन् ? 
– मेरो आँखा । साथीभाई र ममीले पनि यही भन्नुहुन्छ । 

कस्तो केटा मनपर्छ ?
– हेर्दा आकर्षकभन्दा पनि असल बानी ब्यहोरा भएको मानिस मनपर्छ ।

प्रेममा हुनुहन्छ ?
छैन, प्रेम त परिवारलाई गरिरहेकी हुन्छु । घरमा दुईवटा बिराला पालेकी छु । त्यसलाई पनि गर्छु । 

प्रेमपत्र लेख्नुभएको छ कि छैन ?
– मेरो विचारमा प्रेमपत्र लेख्न जेनेरेसनमा परिन म । मलाई अहिलेसम्म त्यस्तो पत्र पनि आएन ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप