प्रमाणपत्र पाएपछि दङ्ग माननीयहरु (फोटोफिचर)
काठमाडौँ । प्रदेशसभाका समानुपातिक सांसदहरुलाई निर्वाचन आयोगले शुक्रबार प्रमाण पत्र वितरण गरेको छ ।
निर्वाचन आयोगले शुक्रबार आफ्नै कार्यालयमा एक कार्यक्रमका बीच प्रदेशसभा समानुपातिकका २ सय २० जना सांसदहरुलाई निर्वाचित भएको प्रमाण पत्र वितरण गरेको हो ।
सरकारले प्रदेश प्रमुख नियुक्ति गरेपछि संवैधानिक व्यवस्था अनुसार प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले प्रदेशका समानुपातिक सांसदहरुलाई प्रमाण पत्र वितरण गरे । प्रदेशसभाका प्रत्यक्षतर्फका १ सय १० जना सांसदहरुले यस अघि नै प्रमाण पत्र लिइसकेका छन । कार्यक्रममा बोल्दै निर्वाचन आयुक्त इश्वरीप्रसाद पौडेलले प्रदेश प्रमुख नियुक्तीमा ढिलाई हुँदा प्रदेशका समानुपातिक सांसदहरुको परिणाम सार्वजनिक गर्न पनि ढिलाई हुन गएको स्पष्ट पारे ।
प्रदेशको समानुपातिकमा एमालेका ७५, काँग्रेसको ७२, माओवादी केन्द्रको ३५ जना निर्वाचित भएका छन् । त्यसैगरी संघीय समाजवादी फोरम, नेपाल १३, राष्ट्रिय जनता पार्टी, नेपालको १२, राष्ट्रिय प्रजातन्त्र पार्टीको ३, विवेकशील साझा पार्टीको ३, राष्ट्रिय जनमोर्चा, नेपालको २ जना प्रदेशको समानुपातिक सांसदमा निर्वाचित भएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक), नयाँ शक्ति पार्टी, नेपाल, नेपाल मजदुर किसान पार्टी, नेपाल संघीय समाजवादी पार्टी र नेपाल संघीय लोकतान्त्रिक पार्टीबाट १÷१ जना सांसद निर्वाचित भएका छन । अव निर्वाचन आयोगले प्रदेशको निर्वाचनको सम्पूर्ण विवरण प्रदेश प्रमुखलाई बुझाएपछि प्रदेश सभा र सरकार गठन प्रक्रिया सुरु हुने संवैधानिक व्यवस्था छ ।
हेरौँ केही तस्विरहरु :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न सक्दैन : नेता कोइराला
-
कर्णालीमा भागबण्डा टुङ्गियाे, सामाजिक विकास मन्त्रालय माओवादीलाई
-
‘कर्णालीबारे ५ प्रतिशत पनि लेखिएको छैन’
-
लम्जुङबाट ‘भाइरल गोर्खे’को छायांकन सुरु
-
केटाको परिवारले होटलको ढोका ढकढक्याए, भित्रबाट सुनियो बच्चा रोएको आवाज
-
नेपालले रुससँगको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गर्न जरुरी छ : अध्यक्ष ढकाल