बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आयरल्याण्डमा मौसमी ज्वरोबाट चौबीस जनाको मृत्यु

शुक्रबार, ०५ माघ २०७४, १४ : ३३
शुक्रबार, ०५ माघ २०७४

एजेन्सी– आयरल्याडमा मौसमी ज्वरोका कारण २४ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।  अस्पताल आइ मृत्यु भएका प्रायः सबै व्यक्तिमा ज्वरो नै मृत्युको मूल कारण देखिएको हेल्थ सर्भिस एक्जुकेटिभ (एचएसइ) का चिकित्सक केभि केल्लेहेरले बताएका छन् । 

यस प्रकोपमा परी बालबालिकादेखि सवै उमेरका व्यक्तिको मृत्यु भएको पनि केल्लेहेरले  बताएका छन् ।  प्राप्त पछिल्लो जानकारीअनुसार ज्वरोको प्रकोप गतहप्ता सबैभन्दा बढी भएको र यसैगरी आगमी हप्ता पनि यो प्रकोप बढ्ने अनुमान गरिएको स्वास्थ्य सम्बद्ध अधिकारीहरुको रहेको छ । 

ज्वरोको यस्तो प्रकोप क्रिस्मसपछि सुरु भएको र यो १७ वर्षयता अत्यन्त खराव स्थिति देखा परेको यो पाँचौ पटक भएको बताइएको छ ।  एचएसईका अनुसार यस प्रकोपबाट सबैभन्दा धेरै जोखिम बालबालिका र बृद्धबृद्धाहरुमा रहेको पनि समाचारमा जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप