बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

'मिस्टर झोले' हेर्न स–परिवार हल पुगे डा. बाबुराम भट्टराई

शुक्रबार, ०५ माघ २०७४, १४ : १५
शुक्रबार, ०५ माघ २०७४

काठमाडौ । नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराई आफ्नो परिवारका सदस्यहरुसहित नेपाली चलचित्र मिस्टर झोले हेर्न सिनेमा हल पुगेका छन् । चलचित्रका नायक दयाहाङ राईले पनि उनीहरुलाई साथ दिएका छन् ।

चलचित्र हेरेपछि डा. भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्,

दयाहाङ राईसँगै सपरिवार मिष्टर झोले हेर्दै ! स्वस्थ मनोरञ्जनात्क नेपाली फिल्म हेर्नलायक रहेछ है !

रामबाबु गुरुङ निर्देशित यो चलचित्र दयाहाङ राई, वर्षा राउत, दिया पुन, प्रविण खतिवडा, वृद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ ।

टेकेन खड्काको प्रोडक्सन र सिनेमा आर्टले संयुक्त रुपमा निर्माण गरेको चलचित्र टेकेन खड्काको निर्माणमा बनेको हो । चलचित्रका कार्यकारी निर्माता रौनक बिक्रम कँडेल रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप