शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सारा औई : ती जापानी पोर्नस्टार जसले चिनियाँ नौजवानहरुलाई यौन सिकाइन्

शुक्रबार, ०५ माघ २०७४, १३ : १९
शुक्रबार, ०५ माघ २०७४

बिबिसी

जापानी अभिनेत्री तथा पूर्वपोर्नस्टार सोरा ओईले इन्टरनेटमा अफ्नो विवाह घोषणा गरेपछि चीनको सोसल मिडियामा हङ्गामा मच्चियो । 

यसको कारण पनि छ । सोरा आईले इन्टरनेटमा सक्रिय चिनियाँ नौजवानहरुको जिन्दगीमा आश्चर्यजनक रुपमा एक अहम् भूमिका निभाएकी थिइन् । 

नयाँ वर्षको पहिलो दिन सोरा ओईले सोसल मिडियामा आफ्नो इन्गेजमेन्टको फोटा पोस्ट गरिन र विश्वभरिका आफ्ना दर्शकलाई खुशीको खबर सुनाइन् । 

केही घण्टामा चीनको सोसल मिडिया प्लेटफर्म विबोमा  उनको पोस्टमा १ लाख ७० हजारभन्दा बढीले कमेन्ट गरे र ८ लाख ३० हजारभन्दा बढीले लाइक गरे । 

उनलाई मन पराउने एक दर्शकले लेखेका छन् ‘हामी तपाईंको फिल्म हेरेर हुर्केका हाँै । हामी सधैँ नै तपाईंलाई सपोर्ट गर्ने छौँ ।’

विबोमा एक अन्य युजरले लेखेका छन्– ‘तपाई सधैँ हाम्रो लागि देवीकी तरह रहनु हुने छ । हामी तपार्इंको खुशीको कामना गर्छौं ।’

शिक्षक सोरा ओई
सन् २००० को प्रारम्भबाट सोरा ओईले पोर्नोग्राफीमा आफ्ने क्यारियर सुरु गरेकी थिइन् ।  सोरा ओईले करिब ९० भन्दा बढी नौजवानहरुका साथमा फिल्म निर्माणको काम गरेकी भन्ने अनुमान छ । सन् २००३ देखि ०५ सम्मको अवधिमा हरेक महिना उनका नयाँ फिल्म रिलिज हुन्थे । 

चीनमा पोर्नोग्राफीमा प्रतिबन्ध छ तर पनि चिनियाँ नौजवानहरु सोरा  ओईका फ्यान छन् । २७ वर्षका युवा लिउ कियाङ (नाम परिवर्तन)ले बीबीसीसँग भने ‘धेरै चिनियाँ नौजवानहरुलाई किशोरावस्थामा सही तरिकाले यौन शिक्षा मिल्दैन । सोरा ओई यही अवस्थामा हाम्रो शिक्षक बनिन् ।’

चीनमा इन्टरनेटप्रति नौजवानको नसा र सोरा ओईको लोकप्रियता एउटै समयमा उचाइ लिँदै थियो । नयाँ वेब पोर्टल, अनलाइन कम्युनिटी र भिडियो साइड आउँदै गए र इन्टरनेटमा हरेक किसमका जानकारी पाइन थाले । यसमा प्रतिबन्धित पोर्न सामग्री पनि सामिल थियो । 

लिऊ कियाङ हाई स्कुल पढ्दादेखि नै आफ्ना साथीहरुसँग एमपी फोर प्लेयरमा सोरा ओईको पोर्न भिडियो हेर्थे । तर इन्टरनेटको लोकप्रियताबाट पोर्न हेर्न झन सजिलो भयो । 

चाइनिज विश्वविद्यालय अफ हङ्कङका जापानिज अध्ययन विभागका प्रोफेसर वाई–मिङ एनजी भन्छन्– ‘सोरा ओई ठीक त्यही समयमा चीनमा उदाइन् जुन समयमा चीन बाह्य विश्वका लागि आफ्नो ढोका खोल्दै थियो । सोरा ओई त्यही समयमा लोकप्रिय भइन् ।’

चीनमा यौन शिक्षा
चीनका युवाहरुका लागि यौनको बारेमा जानकारी पाउनका लागि पोर्न एक प्रमुख माध्यम हो । त्यहाँ स्कुलमा सीमित यौन शिक्षाको प्रावधान छ । धेरैजसो आमाबुबा छोराछोरीलाई यौनको बारेमा भन्न लाज मान्छन् ।
सन् २००९ मा पेकिङ विश्वविद्यालले एउटा अनुसन्धान गरेको थियो जसमा २२ हजार किशोरलाई यौनसँग सम्बन्धित प्रश्न सोधिएको थियो । अनुसन्धानमा भाग लिएका युवाको उमेर १५ देखि २४ वर्ष थियो । तिनलाई प्रजननसँग सम्बन्धित तीन प्रश्न  सोधिएका थिए । '

अनुसन्धानमा सहभागी गराइएका ४.४ प्रतिशत युवाले मात्र सही जवाफ दिएका थिए । शोधकर्ताले के पत्ता लगाए भने चीनमा कैयौँ युवाहरु यौनको बारेमा स्वयम् सिक्छन् । तर चीनकी पहिली महिला सेक्सोलोजिस्ट लिन यिन्हे यौन शिक्षाको लागि पोर्नको प्रयोग खतरा देखाउँछिन् । 

लिन यिन्हे भन्छिन्, पोर्न यौनलाई बढाई चढाई गरेर देखाउँछ र यसबाट केही युवा गलत बाटोमा जानसक्छन् । किनभने उनीहरु स्वयम्को तुलना  पोर्न एक्टर्ससँग गर्छन् । अर्को जानकार पनि यही कुरा स्वीकार्दै भन्छन्–  पोर्नबाट मान्छेहरु यौनप्रतिको धारण नै बिगार्न सक्छ । यसले यौन स्वास्थ्यमा समस्या आउन सक्छ । 

चीनमा लोकप्रियता 
एउटा प्रश्न के पनि छ भने इन्टरनेटमा पोर्न जुन समयमा चाह्यो त्यही समयमा उपलब्ध छ तर सोरा ओईमा के विशेष छ ? एसियाका देशहरुमा यौन आज पनि एक प्रतिबन्धित विषय मानिन्छ । तर सोरा ओईले पोर्नोग्राफीमा आफ्नो भविष्यको कारणले कहिल्यै स्वयम्लाई कम आँकिनन् । 

उनले सधैँ एउटै कुरा के भनिन् भने उनी आफ्नो कामलाई मनपराउँछिन् किनभने विश्वभरीमा आफूलाई मनपराउनेसँग भेट्घाट गर्न सक्छन् । उनीहरुसँग कुरा गर्न सक्छिन्  । सोसल मिडियामा पाइने अपमानजनक कमेन्टको जवाफ पनि उनी शालीन तरिकाले दिन्छन् । यसबाट उनलाई आफ्ना फ्यानहरुबीच लोकप्रियता  र इज्जत दुवै कमाइन् । 

सोरा ओईले सन् २०११ मा पोर्नोग्राफी छोडेकी हुन् । उनी अभिनयमा पूरा समय काम गर्न थालिन् । गीत गाउन थालिन् ।  उनका म्युजिक भिडियो आए, फिल्म रिलिज भए  र चीन सोरा ओईको लागि एक अहम् मार्केट बन्यो । 

सोरा ओईका मेनेजरले बीबीसीसँग भने– उनले चिनियाँ संस्कृति अपनाउनका लागि धेरै मिहिनेत गरिन् । उनी विबोमा आफ्नो सन्देश चिनियाँँ भाषामा  स्वयम् लेख्छिन । तर के विरोधाभाष के छ भने चीनमा सोरा ओईलाई मन पराउनेको सङ्ख्या धेरै छ । तर जापानसँगको चीनको सम्बन्ध त्यति राम्रो छैन ।

सेनकाकु द्विप समूहलाई लिएर चीन र जापानबीच विवाद छ र चिनियाँँ इन्टरनेटमा एउटा कुरा के प्रख्यात छ भने दियाओयु द्विप समूह चीनको हो र सोरा आई पूरा विश्वकी हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप