शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

शृङ्खलाबद्ध लुटपाटमा संलग्न टीका थापा डिल्लीबजार जेलबाटै फरार

शुक्रबार, ०५ माघ २०७४, १२ : ५४
शुक्रबार, ०५ माघ २०७४

काठमाडौं–काठमाडौं उपत्यकामा भएका श्रृङखलाबद्ध लुटपाट तथा डकैती मुद्धामा जेल परेका रामेछापका टिका थापामगर गोलघरबाटै फरार भएका छन् । 

बिहीबार राती उनी कारागारबाट भागेको महानगरीय प्रहरी कार्यालयका एआईजी जयबहादुर चन्दले बताए ।

कैदी भाग्नुको कारणबारे उनले भने, ‘चोरी केसमा जोडिएको टिका थापामगर भागेका छन्, जेलभित्र उनीहरुको उद्योग (काम गर्ने ठाउँ) हुन्छ, त्यहाँबाट चेक गरेर भित्र ल्याउँदा चेक राम्रो भएन् ।’

घट्नाबारे अनुसन्धान भइरहेको एआईजी चन्दले बताए । प्रहरीकै मिलेमतोमा कैदी भागेको हुनसक्ने भन्दै बिहीबार राती ड्युटीमा रहेका प्रहरीलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ ।

२०७३ पुसमा कौशलटारस्थित बैंकबाट पैसा निकालेर गठ्ठाघरतर्फ जाँदै गरेकी मन्दिरा अधिकारीको ६ लाख नगद लुटेपछि महानगरीय अपराध महाशाखाले उनलाई नियन्त्रणमा लिएर मुद्धा चलाएको थियो ।

रामेछापको दोरम्बा स्थायी घर भएका टिकालाई पुस २६ गते अपराध महाशाखाले पक्राउ गरेको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप