शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विद्युत् चोरी नियन्त्रणमा आक्रामक बन्दै बुटवल क्षेत्रीय कार्यालय

शुक्रबार, ०५ माघ २०७४, १२ : ११
शुक्रबार, ०५ माघ २०७४

काठमाडौँ –‘गरे के हुँदो रहेनछ’ भन्ने कुराको पुष्टि गरेको छ नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय बुटवलले ।

गत वर्षदेखि आक्रामक रुपमा विद्युत् चोरी नियन्त्रण अभियान सञ्चालन गरेको उक्त क्षेत्रीय कार्यालयले एक वर्षको अवधिमा एक हजार २३१ जनालाई कारवाही गरेको छ ।

चोरी नियन्त्रणमा उल्लेख्य सफलता हासिल गरेको उत्तः कार्यालयले चालु आर्थिक वर्षको अन्त्यसम्म पूर्ण रुपमा चोरी नियन्त्रण गरिसक्ने जनाएको छ ।

चालु आवको ६ महिनाको कार्यप्रति विगतको भन्दा उल्लेख्य रुपमा बढी रहेको छ । हुकिङ र मिटर बाइपास गरेर विद्युत् चोरी गर्ने विरुद्ध आक्रामक कारवाही थाल्दा चोरहरुबाट रु ० लाख ९० हजार ९० रकम समेत असुली गरेको छ ।

सो कार्यालयका प्रमुख सुरेश क्षेत्रीकाअनुसार हुकिङबाट विद्युत् चोरी गरिरहेको अवस्थामा १७४ जनालाई पक्राउ गरी थुनामा राखेर कारबाही गरिएको छ ।

यस्तै चोरीमा संलग्न ८१९ जनाको उपकरण समेत जफथ गरिएको छ ।

उनकाअनुसार मिटर बिगारेर  विद्युत् चोरी गर्ने २३८ जना पनि कारबाहीमा परेका छन् । हुकिङ गरी विद्युत् चोरी गर्नेबाट रु २१ लाख ८२ हजार ९७ रकम उठाइएको छ ।

यस्तै मिटर बिगारेर चोरी गर्नेबाट रु  ५९ लाख ८ हजार ८८३ असुल गरिएकोे छ ।

कति हुन्थ्यो चोरी ?

क्षेत्रीय कार्यालयकाअनुसार हुकिङ गर्दा ३ लाख ८५ हजार ७८५ युनिट विद्युत् चुहावट भएको थियो । यस्तै मिटर बिगारेर १ लाख २० हजार ७७४ युनिट विद्युत् चुहावट भएको क्षेत्रीय कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष २०७३÷७४ मा १६.६२ प्रतिशत रहेको गत मंसिरसम्ममा १४.३५ प्रतिशतमा झारिएको छ । चालु आवको अन्त्यसम्म १३ प्रतिशतमा झार्ने लक्ष्य राखिएको छ ।

चोरीलाई संलग्नलाई धमाधम समात्दै कारवाही गर्न थालिएपछि चुहावटमा कमी आएको बताइएको छ । सो क्षेत्रीय कार्यालय अन्तर्गत ९ वटा वितरण केन्द्र रहेका छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप