शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ओपोको लोकप्रिय मोडल झन् सस्तो

शुक्रबार, ०५ माघ २०७४, ११ : ५८
शुक्रबार, ०५ माघ २०७४

काठमाडौं–विश्वकै अग्रणी प्राविधिक ब्राण्ड ओपोले नेपालमा आफ्ना केही लोकप्रिय फोन मोडलको मूल्य समायोजनको घोषणा गरेको छ । 

कम्पनीद्वारा जारी विज्ञप्तिमा ओपो एफथ्री, एफवानएसका दूबै भ्यारियण्ट (३ जीबी तथा ४ जीबी) र ए७१को मूल्य समायोजन गरेको हो । उपभोक्ताहरुका लागि नजिकिँदै गरेको नयाँ बर्षको कोशेलीस्वरुप कम्पनीले मूल्य समायोजनको घोषणा गरेको जनाएको छ । 

सेप्टेम्बर २०१६मा सार्वजनिक गरिएको ओपो एफवानएस नेपालमै कम्पनीको पहिलो फ्ल्यागशिप मोडल हो । डुअल सेल्फी क्यामेरासहितको एफथ्री मे–२०१७मा सार्वजनिक गरिएको हो । नेपाली स्मार्टफोन बजारमा बेष्ट सेलरमध्यका दुबै फोन मोबाइल फोटोग्राफीको क्षेत्रमा उपलब्ध गराइएको नवप्रबर्तनात्मक तथा अत्याधुनिक प्रविधिका लागि उपभोक्ता माझ निकै लोकप्रिय रहेका छन् । 

त्यसैगरी, सेप्टेम्बर २०१७मा सार्वजनिक ए७१ मिडरेञ्ज्ड फोन हो । ए७१ यूवा वर्ग र विशेष गरी कलेज अध्ययनरत यूवा पुस्ता माझ विशेष लोकप्रिय रहेको छ । 

‘उपभोक्ताको माग र आवश्यकताको सम्बोधन गर्दै तिनलाई उत्पादन मार्फत समग्र सन्तुष्टि प्रदान गर्नु हाम्रो पहिलो प्राथमिकता हो’, मूल्य समायोजनका बारेमा बोल्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी झाओले उपभोक्ताको माग तथा नजिकिँदै गरेको नयाँ बर्षको कोशेलीस्वरुप मूल्य समायोजन सहित लोकप्रिय फोन उपलब्ध गराएको बताए । 

मूल्य समायोजन पश्चात ओपो एफथ्रीको मूल्य रु. ३१,५९० एफवानएस (४जीबी) रु. २८,९९०, एफवानएस (३जीबी) रु. २७,९९० र ए७१को रु. २०,४९० निर्धारण गरिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप