बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘चङ्गा’मा बुद्धी हिरो

शुक्रबार, ०५ माघ २०७४, ११ : ३९
शुक्रबार, ०५ माघ २०७४

काठमाडौं – कमेडी भूमिकामा देखिने कलाकारलाई मूख्य अभिनेता बनाउने ट्रेन्ड नेपाली चलचित्रमा चल्न थालेको छ । 

राजधानीमा एक कार्यक्रम बीच घोषणा गरिएको चलचित्र ‘चङ्गा’मा अभिनेता बुद्धी तामाङ मुख्य भूमिकामा रहने भएका छन् । 

हाँस्य कलाकार किशोर भण्डारी (डिट्ठा साब)को निर्देशन ‘चङ्गा’मा बुद्धीका अलावा कमलमणी नेपाल, अंकित खड्का, लक्ष्मी वर्देवा, राजन खतिवडा, जीवन भट्टराई लगायतका कलाकारहरुको समेत अभिनय रहनेछ ।

कार्यक्रममा निर्देशक भण्डारीले विशुद्ध नेपाली मनोरञ्जनात्मक चलचित्रको रुपमा ‘चङ्गा’ बनाउन लागेको बताए ।

कमेडी जनरामा निर्माण हुने बताइएको चलचित्रका कार्यकारी निर्माता प्रकु पाण्डे हुन्, भने रिश्मा तिमल्सिना निर्मात्रीको रुपमा रहेकी छिन् । ११ जेष्ठ २०७५ मा प्रदर्शनमा आउने बताइएको चलचित्रमा राजनराज सिवाकोटी र कमल खत्रीको संगीत रहनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप